शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चीनले भारतसँगको सीमामा बनाएको हेलिप्याड भत्कायो


  • मंगलबार, फाल्गुन ४ २०७७
8K
SHARES

फाईल तस्बिर

चीनले पूर्वी लद्दाखस्थित भारतसँगको सीमा (एलएसी) मा तयार गरेको हेलीप्याड नष्ट गरेको छ।

वास्तविक नियन्त्रण रेखानजिकै फिंगर फाइफमा बनाएको संरचना चीनले भत्काएको बीबीसी हिन्दीले लेखेको छ।

टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार गत वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अन्य संरचना बनाएको थियो। साथै, यो क्षेत्रमा अस्थायी किल्ला पनि तयार गरेको थियो।

भारतसँग विवाद साम्य पार्ने सहमति भएपछि चीनले यी संरचना नष्ट गर्न थालेको उल्लेख गरिएको छ।

गत फेब्रुअरी १० मा भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया शुरू गर्ने सहमति भएको छ। अब दुवै देशका सैनिक पुरानै स्थानमा फर्कनेछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा