शनिबार, साउन ९ २०८३
ताजा अपडेट

डिजिटल बैंकिङ विस्तार नै अबको आवश्यकता हो


  • शुक्रबार, जेष्ठ ९ २०७७
31.5K
SHARES

ढड्डाबाट सुरु भएको बैंकिङ प्रणाली अब रोबर्ट युग तर्फ दौडी सकोको छ । तर हाम्रो जस्तो अल्पविकसित मुलुकमा सबै जनता बैंकिङ प्रणालीमा आउन केही समय अझै लाग्छ । यो स्वभाविक हो, किनभने अझै हाम्रो समाज आधारभुत आवश्यकताकै लागि लडिरहेको छ ।

गाउँका अधिकांश जनताहरु बैंकसम्म जोडिन बाकी नै छन । प्रबिधिले सम्पन्न भनिएका अधिकांश शहरमा पनि केही हिस्सा बैँकसंग जोडिन सकेका छैनन् । बैंकसंग जोडिने क्रम दिनानु दिन बढ्दै छ र यो बढ्दै जानु सकारात्मक कुरा हो । अबका केही बर्षमा आशा राखौँ अधिकांश नेपालीहरु बैंकसंग जोडिने छन् ।

राष्ट्र बैंकको भनाईमा पनि देशको ४० प्रतिशत जनसङख्यामा मात्र बित्तिय पहुँच पुगेको छ । यसैलाई सही मान्ने हो भने अझै ठुलो हिस्सा बैंकसंग जोडिन सकेको छैन । तर मुलुक संघियातामा गईसकेको अबस्थामा अब हरेक गाँउपालीकामा नयाँ बैंकका शाखाहरु खुल्ले क्रम जारी रहेको कारण चाडै नै वित्तिय पहुँचमा बहुसंख्ययक जनता जोडिने छन् । अझ बैंकहरु आफै पनी नयाँ नयाँ प्रबिधीसंग जोडिएर स्थानीय निकायमा आफ्नो उपस्थिती जनाउन सकेको खण्डमा वित्तिय पहुँचमा सबै जनता चाँडै आउने कुरामा बिश्वस्त हुन सकिन्छ ।

हामी आजको दिनमा बिश्वब्यापी रुपमा फैलीएको कोरोना भाईरस (कोभिड–१९) को मारमा छौँ । उद्मोग, कलकारखाना, ब्यापार, ब्यबसाय, रोजगारी बन्दाबन्दीको चपेटामा छन् । यसले अर्थतन्त्रमा गिरावट ल्याउने कुरा त छदैछ भने अर्कोतर्फ बैंकमै जम्मा गरेको रकम झिकेर दैनिक उपभोग्य बस्तुहरु किन्नको लागि पनि बन्दाबन्दीले गर्दा उपभोक्ताहरुलाई मार परिरहेको अबस्था छ ।

ऋणिहरुलाई किस्ता तिर्न बैंकसम्म आउन समस्या परी रहेको छ । हुनत बैंकका काउन्टरहरु सेड्युल अनुसार सधै नै खुल्लै रहेका छन तर सवारी साधनहरु नचलेका कारण बैंकसम्म पुग्न उपभोक्ताहरुलाई समस्या परेको कुरा विधितै छ । यदि उपभोक्ताले डिजिटल बैंकिङ प्रणाली जस्तो एटीएम, ई.बैंकिङ, मोवाईल बैंकिङ प्रयोग गर्ने हो भने र खातामा पैसा छ भने बैंकका काउन्टरसम्म नपुगि कारोबार गर्न सकिन्छ भन्ने कुरा उपभोक्ताहरुले बुझ्न जरुरी छ ।

आजको आबश्यकता पनि दिनानु दिन पेपरलेसतर्फ अगाडि बढ्दै छ । यस्ता सुविधाको लागि बैंक तथा बित्तीय संस्थाले ग्राहक बर्गलाई सस्तो, सरल र बिश्वसनीय तवरबाट उपभोक्तालाई जानकारी गराउन बिशेष जोड दिन जरुरी छ । मेरो बुझाईमा बैंकमा खाता भएका त्यस्ता उपभोक्ता पनि छन्, बैंकमा लाखौ पैसा छ तर उनीहरु एटीएम प्रयोग गर्दैनन् । एटीएम नै प्रयोग नगर्ने उपभोक्ताहरुले अन्य सेवाहरु प्रयोग गर्ने त कुरै भएन । यस अर्थ बैंक तथा बित्तीय संस्थाहरुले एकपटक डिजिटल माध्यामलाई बिशेष प्राथमिकता दिई उपभोक्ताहरुलाई जानकारी गराई डिजिटल प्रणालीमा ग्राहकलाई ल्याउनतर्फ ध्यान दिन जरुरी छ । बैंकहरुले डिजिटल बैंकिङ सेवाहरु प्रचार नगरेका भने होइनन् । सबैले गरी रहेकै छन् तर पुर्ण रुपमा ग्राहकहरु बिश्वस्त नहुने, असुरक्षित हुने जस्ता डरले यस्तो सेवाहरु नलिएका हुनसक्छन् । त्यसैले बैंक तथा बित्तीय संस्थाले पुर्ण रुपमा यस्ता सेवाहरुको बिश्वसनियता उपभोक्तालाई बुझाउन सक्नु पर्दछ ।
पछिल्लो समय स्मार्ट फोनहरु धेरै प्रयोगमा छन् तर सबै स्मार्टफोन प्रयोग कर्ताहरुले मोबाईल बैंकीङका लागि आफ्नो फोन प्रयोग गरेका छैनन् । बैंकमा खाता छ कारोबार गर्छन, स्मार्टफोन बोक्छन तर मोवाईल बैंकिङको प्रयोग गर्दैनन् या बिश्वासिलो मान्दैनन् । यसतर्फ बैंकहरुले ध्यान दिँदै ग्राहकलाई मोवाईल बैंकिङ विश्वासिलो छ भन्ने प्रत्याभुती दिलाउन जरुरी छ । अझ अधिकांश सर्बसाधारको पहुँचमा डेबिट, क्रेडिट कार्डहरु नै छैनन् । अझ हामी एटीएम प्रयोग गर्ने नेपालीहरु पनि एटीएम मेसिनमा गएर पैसा पहिले झिक्छौ अनि क्यास लिएर सपिङ सेन्टर जान्छौ । जबकी त्यही कार्ड प्रयोग गरेर पैसा भुक्तानी गर्न सकिन्छ ।

डिजिटल बैंकिङमा केही ब्यबहारिक समस्या पनि छन । सामान किन्दा कार्ड स्वाप गर्यो भुक्तानी हुदैन । एटीएम मेसिनमा गयो पैसा नै फाल्दैन । यस्ता समस्यालाई सम्बन्धित निकायाले निराकरण गर्दै प्रभाबकारी र बिश्वसनीय बनाउन जरुरी छ । मोबाईल बैंकिङ मार्फत बिजुली, टेलिफोन, ईन्टरनेटको बिल तिर्न मिल्ने भएको बर्षौै भइसक्यो तर हामी एटीएमबाट पैसा झिक्छौ अनि अफिसमा गएर लाईन बस्छौ बिल तिर्छौ । लाग्छ हामीलाई डिजिटल बैंकिङमा विश्वास नै छैन । त्यस कारण बैंक तथा बित्तीय संस्थाहरुले बिशेष प्राथमिकताका साथ ग्राहक बर्गलाई अझै बुझाउन बाकी नै छ ।

डिजिटल बैंक आवश्यकता किन ?
यो नभए पनि त चलिरहेको थियो भन्ने प्रश्न उठ्न सक्छ । बैंक तथा वित्तिय संस्थालाई बढ्दै गएको सञ्चालन खर्चमा कमी ल्याउन, कारोबार पारदर्शी बनाउन र ब्यस्त दैनिकी भएका उपभोक्तालाई बसेकै ठाँउमा सेबा दिन यस माध्यमबाट सकिन्छ । तर सुबिधा लिने ग्राहकले यसलाई असुरक्षीत हुन्छ भन्ने मान्यता राखेको पाईन्छ । यतातर्फ बैंक तथा बित्तीय संस्थाहरुले ध्यान पुर्याउनु पर्ने आवश्यक ठानेकी छु ।

अन्त्यमा म पनि बैंकमा नै काम गर्ने कर्मचारी हुँ । त्यसैले सम्पुर्ण पाठकहरुलाई मेरो अग्रह छ, बैंक तथा बित्तीय संस्थाका डिजिटल प्रणालीहरु सुरक्षित छन् बैंकहरुले समय अनुसार अझ प्रभावकारी बनाउदै लैजानेछन् र घरमै बसेर पनि कारोबार गर्न सकिनेछ । यसका लागी तपाईसंग स्मार्ट फोनको भने जरुरी पर्ने छ । केहि समस्या आए सम्बन्धित बैंकमा तत्काल नै फोन गरेर बुझ्न सकिन्छ । म आफु पनि सानिमा बैंकमा काम गर्छु । सानिमा बैंकको कुरा गर्नु हुन्छ भने सहज तरिकाबाट प्लेस्टोरमा गएर सानिमाको सानिमा सजिलो ई–बैंकिङ डाउनलोड गरेर घरमै बसेर मोबाईल रिचार्ज, बत्ती, पानी, बिजुली तथा ईन्टरनेटको बिल तिर्न सक्नु हुनेछ । केही समस्या आए बैंकमा फोन गरेर बुझ्न सकिन्छ । तर डिजिटल बैंकिङ प्रयोग गर्ने तपाईले आफ्नो पासओर्ड सुरक्षीत राख्ने गर्नु पर्छ र केही समस्या आईहाल्यो भने सम्बन्धित बैैंकमा खबर तुरुन्त गर्नु पर्छ । ढुक्क हुनुहोेस समस्याको सम्बोधन बैंकहरुले जति सक्दो चाडो गर्नेछन । बैंक तथा वित्तिय संस्थाले अझै प्रभावकारी रुपबाटबाट डिजिटल बैंकिङ प्रणालीको विषयमा उपभोक्तालाई बुझाउँदै विश्वसनियताको प्रत्याभुती दिनु आजको आवश्यकता हो । धन्यबाद ।

(लेखक पुष्पा घिमिरे सानीमा बैंकमा कार्यरत रहेकी छिन् ।)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा