शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अजय देवगनकि छोरीलाई कोरोना संक्रमणको हल्ला चलेपछि…


  • बुधबार, चैत्र १९ २०७६
18.4K
SHARES

बलिउड अभिनेता अजय देवगनले आफ्नी छोरीलाई कोरोना भाइरसको संक्रमण भएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

हालै सिंगापुरबाट फर्किएकी अजय देवगनकी छोरी न्यासालाई कोराना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हल्ला चलेको थियो ।

तर अजयले ट्वीट गरेर हल्ला निराधार रहेको भन्दै काजोल र न्यासा दुवैको स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन् ।

अजय–काजोलकी छोरी न्यासा सिंगापुरमा अध्ययनरत छिन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्कुल बन्द हुँदा छोरीलाई लिन काजोल सिंगापुर गएकी थिइन् । सिंगापुरबाट फर्केपछि काजोल र न्यासा दुवै सेल्फ क्वारेन्टाइमा रहेको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा