
२३ कात्तिक, चितवन ।
चितवनको भरतपुर अस्पतालको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।
लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनारको घाँटीमा रुमाल जस्तो सलको पासो छ । गएराति करिब ८ बजे उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो भागमा पानी जमेपछि उपचार गराउन कात्तिक १७ गते सुनार भरतपुर अस्पताल आएका थिए । सासुसहित अस्पताल आएका उनले आत्महत्या गरेको चितवन प्रहरीको भनाइ छ । यद्यपि उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका उनसार उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको थियो र शनिबार (आज० डिस्चार्ज गर्ने तयारी भइरहेको थियो ।
प्रहरीले घटनास्थलको मचुल्का उठाई अनुसन्धान सुरु गरेको छ । शव अस्पतालको शवगृहमा राखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।