शनिबार, साउन ३० २०८३
ताजा अपडेट

युनिस अन्सारी नक्कली नोट लिन विमानस्थल थिए


  • शनिबार, जेष्ठ ११ २०७६
15.9K
SHARES

काठमाडौँ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ करोड भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।
शुक्रबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले नक्कली नोटको कारोबार गर्ने ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा नक्कली नोट ल्याउने तीन जना पाकिस्तानी नागरिक र तीन नेपाली नागरिकलाई सार्वजनिक गरेको रानीपोखरीका प्रवक्ता (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

कतार एयरको फ्लाइट नम्बर बाट दोहा हुँदै नक्कली नोटसहित काठमाडौं आएका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका हुन् ।

उनीहरुले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी नक्कली नोट लिन विमानस्थल पुगेको एसएसपी ज्ञवालीले बताए ।

विगतमा नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी प्रतिबन्धित भारु दुई हजारका नोट लिन रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए ।

उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए । प्रहरीले युनिससहित पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जनासँगै कतारबाट पैसा लिएर विमानस्थल आइपुगेका तीन पाकिस्तानीलाई पक्राउ गरेको हो ।
शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रमा काठमाडौं आएका तीन पाकिस्तानीले लगेजमा लुकाएर ल्याएको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रिसिभ गर्न अन्सारी सालो र ड्राइभरसँग विमानस्थल पुगेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा