शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बुढानिलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ


  • शुक्रबार, जेष्ठ ९ २०७७
12.9K
SHARES

काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिकामा २१ जनामा आरडिटी पोजेटिभ देखिएको छ । विहिबार २ सय ७६ जनाको आरडिटी परीक्षण गरिएकोमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नगरपालिका भित्रका विभिन्न वडामा कोरोना संक्रमण रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक,राजनीतिककर्मी तथा सुरक्षाकर्मीको स्वस्थ्य परिक्षण गर्दा २१ जनाको नतिजा पोजिटिभ देखिएको बुढानिलकण्ठ १० का वडाअध्यक्ष तथा नगर प्रवक्ता नबराज भट्टराईले अनलाइन सरोकारलाई जानकारी दिए । रिपोर्ट पोजेटिभ आउनेमा कपन चौकीमा कार्यरत १ जना ट्राफिक प्रहरी पनि छन् ।

रिपोर्ट पोजेटिभ आएका २० जनालाई बुढानिलकण्ठ ७ मा रहेको छहारी भवनको क्वारेन्टाइनमा पठाईएको र प्रहरीलाई प्रहरी संगठनकै अस्पतालमा पठाईएको जनाईएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा