सोमबार, साउन ११ २०८३
ताजा अपडेट

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथसहित देशैभरका शिवालयमा बिहानैदेखि भक्तजनको भिड


  • सोमबार, साउन ११ २०८३
228
SHARES

तस्विरः फाइल

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिइन् । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उनले सुनाइन् ।

पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । पहिलो सोमबार साउन ४ गतेभन्दा आज पशुपति क्षेत्रमा थप व्यवस्था गरिएको देखिन्छ । गत हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा भएको कोषले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा