आज श्री शाके १९४४ बि.स.२०७९ फागुन १६ गते मंगलबार (इश्वी सन २०२३ फेब्रुवरी २८ तारिख) फागुन शुक्ल पक्ष अष्टमी तिथी कृत्तिका नक्षत्र पश्चात रोहिणी नक्षत्र वैधृति योग भद्रा करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकालीपूजा चिरोत्थान होलीकारम्भ चिरस्वाय ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तजनसंगको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँ कार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ ।कार्य कुशलताले मान्यजनहरुको मन जित्न सफल भइनेछ । अध्यन अध्यापनमा निकै राम्रो समय रहेको छ । मित्रजनहरुको साथ सहयोग मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आट साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । पठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम सम्बन्धमा सुधार आउनेछ । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारबाट टाढा भएको महसुस हुनेछ । यात्रा गर्न विशेष ध्यान दिनुहोला । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या देखा पर्न सक्दछ । सामुहिक कार्य गर्न मन जानेछ । प्रतियोगितात्मक कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको प्रभावमा बृद्धि हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारिरिक आलस्यताले सताउन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् । अध्ययनको क्षेत्रमा राम्रो रहेको छ । साथीभाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति बन्न सक्नेछ । अरुका कारण काममा अपजस आइपर्न सक्नेछ । नजिकका व्यक्तिहरुको धोका दिन सक्ने छन् । मान्यजनहरुको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सभा सम्मेलन जस्ता कार्यक्रमहरुमा सरीक हुने अबसर प्राप्त हुनेछ । सामान्य अपजस आईपर्ने सम्भाबना रहेको छ । नयाँ कार्यका लागि आट, शाहसमा कमी आउनेछ । बोलीको प्रभावमा कमी आउनेछ । पठनपाठनमा राम्रो समय रहेको छ ।