बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

हेर्नुहोस् बैशाख २६ गते मंगलबार (मे ९ तारिख) को राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • सोमबार, बैशाख २५ २०८०
170.1K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४५ बि.स. २०८० बैशाख २६ गते मंगलबार (इश्वी सन २०२३ मे ९ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा काट्ने ब्यक्तिको कमी नरहला । बोल्दा सजग रहनु होला बोलीकै कारण नजिकका मित्रजन रुष्ट हुने छन् । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला । प्रतिपक्षीहरु सबल हुनाले कार्य क्षेत्रमा सावधानी रहनु होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्चमा सामान्य बृद्धि हुनेछ । अरुका कारण सामान्य अपजस सहनु पर्नेछ । पारिवारिक सहयोगमा कमी आउनेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । पुराना साथीभाईसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । नयाँ साथीभाईहरु बन्नेछन् । बचत गर्न मन जानेछ । ईष्टमित्रसंग सामान्य वादविवाद हुन सक्नेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । नयाँ कार्य गर्न मन जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । पढाईको क्षेत्रमा राम्रो रहेको छ । सन्तान समस्याले सताउला । चाढो क्रोध बढ्नेछ । पारिवारिक समस्यका कारण चिन्ता बढ्नेछ । सामान्य यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ कार्यको थालनि गर्न मन जानेछ । आम्दानिको क्षेत्रमा राम्रो रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ लगानिको क्षेत्रमा सामान्य रहेको छ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला । मान्यजनसंग सामान्य खटपट हुनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहीका कारण धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको प्रभावमा बृद्धि आउनेछ । परिवारका सदस्यबाट टाढा भएको महसुस हुनेछ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । सामुहिक कार्यमा जुट्ने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । नजिकका व्यक्तिबाट धोका हुन सक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हासिल हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । साझेदारी कार्यका लागि प्रस्ताव आउने भएता पनि खासै राम्रो हुने छैन । निर्णय लिने क्षमतामा कमी आउनेछ । सहि निर्णय लिन कठिनाई हुनेछ । मित्रजनबाट साथ, सहयोग पाउनु हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । खानपानका कारण सामान्य स्वास्थ्य समस्या आउन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । मान सम्मान मिल्ने योग रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ । मनमा चञ्चलपन आउनेछ । नेतृत्व लिने क्षमतामा बृद्धि आउनेछ । ब्यापार ब्यावसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ, सहयोग मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो लगानी उठ्नेछ । कार्य क्षेत्रमा पदोन्नती हुने योग रहेको छ । बोलीको प्रभावमा बृद्धि आउनेछ । पुराना साथीभाईसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनका लागि राम्रो हुनेछ । आर्थिक क्षेत्रमा सबल बन्नु हुनेछ । आफुभन्दा साना ब्यक्तिको सहयोगमा गरिएको कार्यमा आर्थिक लाभ मिल्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अर्काको खुसीका लागि बढि समय खपत हुन सक्नेछ । खराब संगतका कारण सामान्य अपजस आइपर्न सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । साझेदारी कार्यमा खासै राम्रो रहेको छैन । यात्रा गर्दा विशेष सावधानी अपनाउनु होला । जीवनसाथीसंग सामान्य तिक्तता बढ्नेछ । पारिवारिक साथ, सहयोगमा कमी भएको महसुस हुनेछ । खानपानका कारण सामान्य स्वास्थ्य समस्या आउन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाईसंग सुमधुर सम्बन्ध बन्नेछ । परिस्थितीसंग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य क्षेत्रमा सफल हुनुहुनेछ । सभा सम्मेलनबाट मान सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा सामान्य खटपट हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । आय मुलक कार्यको थालनी हुनेछ । ब्यापार ब्यावसायमा मनग्य आम्दानी बढनेछ । धैर्य गर्ने बानीको विकास हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आईपर्ला । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोगले आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्यन अध्यापनमा समय मध्यम रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा