बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

बैशाख १५ गते शुक्रबार (अप्रिल २८ तारिख) को राशिफल हेर्नुहोस्, मनकामना माताले सबैको रक्षा गरुन् !


  • KTM Khabar
  • बिहिबार, बैशाख १४ २०८०
184.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४५ बि.स.२०८० बैशाख १५ गते शुक्रबार (इश्वी सन २०२३ अप्रिल २८ तारिख) वैशाख शुक्लपक्ष अष्टमी तिथी तिष्य नक्षत्र पश्चात अश्लेषा नक्षत्र शूल योग वालव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु अष्टमी व्रत श्रीपशुपतिनाथमा दमनार्पण गोरखकाली पूजा राट्रिय चिया दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य क्षेत्रमा घमण्ड गर्नाले सहकर्मीहरुका खासै सहयोग प्राप्त नहोला । दाजुभाई बिचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । बोलीको प्रभावमा कमी आउनेछ । प्रतिस्पर्धात्म कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ । पारिवारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमी आउनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा चञ्चलपन र उत्साह बढ्नेछ । सामाजिक कार्य गर्न अवसर प्राप्त हुनेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउने सक्नेछ, खानपानमा ध्यान दिनुहोला । नयाँ साथीभाई बनाउने योग रहेको छ । निर्णय लिने क्षमतामा कमी आउनेछ । यात्रा गर्दा एक्लोपनको महसुस हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ब्यापार ब्यावसायमा मनग्य आम्दानी हुनेछ । बोलीको प्रभावमा कमी आउनेछ । कार्य क्षेत्रमा सामान्य झण्झट आइपर्न सक्नेछ । आफुले गरेको कार्यको अरुले नै जस लिन सक्नेछन् । कार्य सम्पादनमा ढिलाई हुनेछ । शारिरिक आलस्यताले सताउला । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्यतया खर्च बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । परिवारका सदस्यको सहयोगमा कमी महसुस हुनेछ । साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा बढि समय ब्यतित हुनेछ । बोलीको प्रभाव बृद्धि हुनेछ । सामान्य आर्थिक अभाव झेल्नु पर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान, सम्मान प्राप्त हुने योग रहेको छ । नयाँ कार्य गर्नका निम्ति मन जानेछ । विलासी सामान खरिद गर्न मन जानेछ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । सहि निर्णय लिन कठिनाई हुनेछ । ब्यापार ब्यावसायमा थप सुधार आउनेछ । पारिवारिक झमेलामा परिनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आय आर्जनका क्षेत्रमा बृद्धि हुने योग रहेको छ । पुराना साथीभाईसंगको भेटघाटले मन प्रशन्न हुनेछ । मान्यजनको सहयोगबाट अधुरा कार्यमा सफलता प्राप्त हुनेछ । खानपानमा विशेष ध्यान दिनु पर्ने हुन्छ । बोलीको प्रभावमा बृद्धि हुनेछ । बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । फाइदामुलक यात्रा हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारि सहयोगमा कमी आउला । मनोरञ्जनात्मक क्रियाकलापमा बढि समय ब्यतित होला । गरिरहेको कार्यमा थप सफलता मिल्नेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा ढिलाई हुनेछ । कार्य क्षेत्रमा सामान्य अपजस सहनु पर्ने हुन्छ । नयाँ साथीभाई बन्ने छन् । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । खर्च बढ्नेछ । नयाँ कार्यका लागि आट, शाहस प्राप्त हुनेछ । आफन्तहरुसंग भेटघाट हुनेछ । पारिवारिक माहोलमा बढि सयम ब्यतित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक व्यक्तिहरुसंग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यबाट सहयोग मिल्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । आय आर्जनमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका लागि मन जानेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफुभन्दा साना व्यक्तिहरुको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता हाल पर्नेछ । मनमा चञ्चलपन आउनछे । गरिरहेको कार्यमा सफल हुन अधिक मेहनत गर्नु पर्नेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । नयाँ कार्य गर्नका निम्ति आट, शाहस बढ्नेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तहरुबिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ, सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । शारिरिक आलस्यता सताउनेछ । ब्यापार ब्याबसायका निम्ति उत्तम समय रहेको छ । यात्रा गर्दा विशेष ध्यान दिनु होला । सभा, सम्मेलन जस्ता क्रियाकलापमा सहभागि हुने अवसर प्राप्त हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा