शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

फागुन २ गते मंगलबार (फेब्रुवरी १४ तारिख) को राशिफल हेर्नुहोस्, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • सोमबार, फाल्गुन १ २०७९
9.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ फागुन २ गते मंगलबार (इश्वी सन २०२३ फेब्रुवरी १४ तारिख) फागुन कृष्ण पक्ष नवमी तिथी अनुराधा नक्षत्र धु्रव योग तैतिल करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु प्रणय दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । सामाजिक कार्यमा जुट्न मन लाग्नेछ । बिश्वासिला मानिसहरुबाट धोका हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । प्रतिस्पर्धात्मक कार्यका क्षेत्रमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । परिवारमा केही खटपटकाे स्थिति बन्न सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अर्काको खुसिको लागी अनावश्यक समय जान सक्छ । आफन्त जनहरुबाट खासै सहयाेग नहुन सक्छ । खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्य सम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलीलाई फाइदा रहनेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आय मुलक कार्यको सुरुवात हुनेछ । पारिवारिक मेलमिलापको स्थिती बन्नेछ । दाम्पत्य जीवनमा खटपट आउन सक्नेछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । बाह्य काममा बढि समय बिताउन मन जानेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिनेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खबरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेको छ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेता पनि ब्यापार ब्यवसायबाट राम्रो लाभ लिन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमी आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै राम्रो होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिलासी सामान खरिद गर्न मन लाग्ने छ । मन प्रशन्न रहला । कार्यप्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानि क्षेत्र मध्यम रहनेछ । इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरिक आलस्यताले सताउन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । कार्यक्षेत्रमा सफलता हात पार्ने याेग रहेको छ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुसंगकाे भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जीवनसाथीको सहयोगमा गरिएको काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेको छ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । एक्लोपनको महसुस हुन सक्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै राम्रो हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरानो लगानि उठाउन समयले साथ दिनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो आउनेछ । मित्रजनसंगको सम्बन्धमा दुरी बढ्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा