आज श्री शाके १९४४ बि.स.२०७९ पुस ५ गते मंंगलबार (इश्वी सन २०२२ डिसेम्बर २० तारिख) पौष कृष्ण पक्ष द्वादशी तिथी विशाखा नक्षत्र सुकर्मा योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनसाथीसंगको सम्बन्धमा सामान्य दरार उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यावसाय गर्न लागि उत्तम समय रहेको छ । शारिरिक आलस्यताले सताउन सक्नेछ । साझेदारी लगानीका लागि खासै राम्रो समय रहेको छैन । बोलीको प्रभावमा कमी आउनेछ । यात्रा गर्ने प्राप्त हुन सक्नेछ । नयाँ साथीभाईहरु बढ्नेछन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान्यजनहरुको साथ, सहयोगबाट अधुरा कार्यमा सफलता पाइनेछ । नयाँ कार्य गर्नका लागि साथीभाईहरुबाट साथ, सहयोग प्राप्त हुनेछ । अरुलाई विश्वास गर्नाले सामान्य झण्झट आइपर्न सक्छ । सामुहिक कार्य गर्न मन जानेछ । सामाजिक कार्यमा रुची जाग्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिलासी सामान खरीद गर्न मन जानेछ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसंगको सम्बन्धमा सुधार आउनेछ । मान्यजनको साथ सहयोग पाउनु हुनेछ । अधुरा कार्यमा सफलता पाउनु हुनेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । सामान्य खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउनेछ । सामाजिक कार्य गर्न मन जानेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक कार्यका लागि नयाँ बाटो खुल्नेछ । मनमा चन्चलतापन आउनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहनेछ । सन्तान सुखको योग रहेको छ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुची जाग्ने छ । स्वास्थ सम्बन्धि समस्या आउन सक्नेछ । सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट धोका हुन सक्ला। खानपानको क्षेत्रमा सजग रहनु होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । यात्रा गर्ने अवसर प्राप्त होला । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्टमित्रसंगको सम्बन्धमा सुधार आउनेछ । सामान्य खर्चमा बृद्धि आउनेछ । गरिरहेको कार्यमा अझ सफलता मिल्नेछ । मान्यजनको मन जित्न सफल हुनुहुनेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । अपुरा कार्यहरुमा सफलता पाउने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ब्यापार ब्यावसायका लागि खासै राम्रो नहोला । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । पारिवारिक साथ, सहयोगले कार्य सम्पादन हुनेछ । शुभचिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफुले गरेको काममा अरुले नै जस लिन सक्नेछन् । बोलीको प्रभावमा कमी आउनेछ । गरिरहेको कार्यमा खासै मन जाने छैन । शारिरिक आलस्यताले सताउन सक्ला । नयाँ लगानी गर्दा विशेष ध्यान दिनु पर्नेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अवसर आउनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा बढि ध्यान जानेछ ।