आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

हेर्नुहोस् मंसिर २८ गते बुधबार (डिसेम्बर १४ तारिख) को राशिफल, मनकामना माताले सबैको रक्षा गरुन् !


  • मंगलबार, मंसिर २७ २०७९
12.3K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २८ गते बुधबार (इश्वी सन २०२२ डिसेम्बर १४ तारिख) पौष कृष्ण पक्ष षष्ठी तिथी मघा नक्षत्र विष्कुम्भ योग वणिज करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा चर योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्र्धात्मक कार्यमा सफलता पाउन अधिक मेहनत गर्नु पर्नेछ । कार्य सम्पादनमा बढि समय खर्चिनु पर्नेछ । सामाजिक कार्यमा अग्रसर बन्ने अवसर प्राप्त हुनेछ । साथिभाईबाट मनग्य सहयोग प्राप्त हुनेछ । पारिवारिक साथ, सहयोगबाट ब्यापारमा लाभ मिल्नेछ । सामान्यतय खर्च बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज मध्यम समय रहेको छ । यात्रा गर्दा कठिनाई आइपर्ने छ । नयाँ कार्यका लागि उपयुक्त समय रहेकोछ । अनावश्यक खर्चको सम्भावना रहेकोछ । आफन्तसंग कारोबार गर्दा विशेष ख्याल गर्नुहोला । अरुका कारण अपजस आइपर्न सक्छ । मानसिक चिन्ताले सताउनेछ । आफुले गरेका कार्यमा अरुले जस लिन सक्नेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारी साधन चलाउदा विशेष सावधानी अपनाउनु होला । खानपानका कारण सामान्य स्वास्थ्य समस्या आइपर्न सक्नेछ । पारिवारि झमेलाले सताउन सक्ला । मान्यजनको सहयोगबाट आम्दानी बृद्धि हुनेछ । साथीभाईसंगको सम्बन्धमा दुरी बढ्न सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनहरुको साथ, सहयोगबाट नयाँ कार्य गर्न रुची बढ्नेछ । बोलीको प्रभावमा कमी आएको महसुस हुनेछ । नयाँ कार्यका लागि आट, शाहस प्राप्त हुनेछ । ब्यापार, ब्यावसायमा मनग्य आम्दानी मिल्नेछ । मनोरञ्जनका क्षेत्रमा बढि समय ब्यतित हुनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा सामान्य डर पैदा हुनुको साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तन हुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तान सुखको योग रहेको छ । शारिरिक आलस्यताले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगीतमा रुचि जाग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुनेछ । भौतिक बस्तुमा सामान्य क्षती ब्यर्होनु पर्ला । कुरा काट्नेहरुको बृद्धि हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । साधारण खर्च भएता पनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
इष्टमित्रको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउन सक्ला । कार्य कुसलताले मान्यजनको मन जित्न सफल भइनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरु बढ्ने छन् । गायन क्षेत्रमा रुचि पैदा हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तजनबिच भेटघाट हुनेछ । मनोबिलासिताका सामान खरिद गर्न मन जानेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । परिवारसंगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको कारण सामान्य समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरणको योग रहेको छ । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ब्यापारबाट मनग्य आम्दानी हुने योग रहेको छ । बिलासी सामान खरिद गरिनेछ । पुराना साथीभाईहरुसंग भेटघाट हुने अवसर प्राप्त हुनेछ । मान्यजनको सहयोगबाट अधुरा कार्यमा सफलता पाउनु हुनेछ । बोलीको प्रभावमा बृद्धि हुनेछ । सामुहिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा