आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

हेर्नुहोस् मंसिर २१ गते बुधबार (डिसेम्बर ७ तारिख) को राशिफल, जय हलेसी महादेव !


  • बुधबार, मंसिर २१ २०७९
7K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २१ गते बुधबार (इश्वी सन २०२२ डिसेम्बर ७ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ब्यापार ब्याबसायमा सफलता पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउनेछ । सन्तान सुख हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । सवारी साधनको प्रयोग बढि समय व्यतित हुनेछ । बौद्धिक व्यक्तिहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा उत्तम समय रहेको छ । आम्दान बढ्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बोलीको प्रभावमा कमी आउने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेर जस्ता कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । मित्रजनहरुबाट सहयोग हुनेछ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । सामाजिक कार्यमा मन जानेछ। सभा सम्मेलन जस्ता कार्यमा सामान्य मान सम्मानको मिल्नेछ । मान्यजनहरुको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तहरुसंगको सम्बन्धमा सामान्य मनमुुटाब हुन सक्नेछ । मनमा डर पैदा हुन सक्छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफुभन्दा सानाबाट गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । नयाँ कार्यको थालनी गर्ने अवसर प्राप्त हुनेछ । शारिरिक आलस्यताले सताउनेछ । बोलीको प्रभावमा कमी आउनेछ । निर्णय लिने क्षमता कमी हुनेछ । अध्ययन अध्यापनमा राम्रो रहेको छ । प्रतियोगितात्म कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुले गरे सामान्य त्रुटिको अपजस आफुलाई आइलाग्न सक्नेछ । सामान्य तनावलाई सामना गर्नु पर्ने हुन सक्छ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटिले मानसिक चिन्ता थपिनेछ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । धार्मीक क्षेत्रको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मित्र तथा दाजुभाईसंगको सम्बन्धमा सामान्य तिक्तता आउन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा मन जानेछ । सामुहिक कार्य नर्ग मन जानेछ । गरिरहेका कार्यबाट मान्यजनहरुको मन जितिनेछ । मनमा सामान्य चिन्ताले सताउनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय खपत हुनेछ । कार्य क्षेत्रमा शारिरिक आलश्यताले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफुले गरेको कार्यको जस अरुले नै प्राप्त गर्नेछन् । दाजुभाईसंगको सम्बन्धमा सुधार आउनेछ । इन्टमित्रहरुको सहयोग मिल्नेछ । खानपानमा विशेष ख्याल पुर्याउनु होला जसले स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । बल तथा प्रराक्रमका बृद्धि हुने योग रहेकोछ । नयाँ साथीहरुसंगको भेटघाटमा व्यस्त भइनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । गरिरहेको कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु पुरा हुनेछन् । आम्दानि मध्यम रहने समय रहेको छ । विलासी सामान खरि गर्ने योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । आज गरेको लगानीले दिर्घकालिन फाइदा मिल्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा समान्य समस्या आउन सक्नेछ । पठन पाठनमा राम्रो रहेको छ । विश्वास गर्नाले नजिकको व्यक्तिबाट धोका हुनेछ । सामाजिक कार्यमा मन जानेछ । कुरा काट्नेहरु संख्या बढ्नेछ । सामान्य खर्च बढ्ने योग रहेको छ । गरिरहेको कार्यमा झण्झट हुन सक्नाले मनमा चिन्ता बढ्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा