शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मंसिर ५ गते सोमबार (नोभेम्बर २१ तारिख) को राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !


  • आइतबार, मंसिर ४ २०७९
12.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर ५ गते सोमबार इश्वी सन २०२२ नोभेम्वर २१ तारीख मार्गशीर्ष कृष्ण पक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी चित्रा नक्षत्र आयुष्मान योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मुद्गर योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त सोमप्रदोषव्रत पशुपतिनाथ,तारुघाट रामेछाप त्रिवेणीमा मेला, हलेसी महादेव, झापा सताक्षिधाम तथा अर्जुनधारा आदी महादेवस्थानमामेला ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथीभाईका कारण भाग्योदय हुने योग रहेको छ । यात्र गर्ने अवसर प्राप्त होला । जीवनसाथीको सहयोगबाट गरिएको ब्यापार ब्यावसायमा फाइदा मिल्नेछ । बोलीको प्रभावमा बृद्धि आउनेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ । सामुहिक कार्यका लागि मन जानेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला क्षेत्रमा रुची बढ्नेछ । नजिकका ब्यक्तिले धोका दिन सक्छन् । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । मध्यान्ह पश्चात एक्लोपनको महसुस हुन सक्नेछ । नयाँ कार्य थालनिका निम्ति आँट र साहसमा कमी आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्पर्धात्मक कार्यमा अब्बल बन्नु हुनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सकिनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय गर्ने क्षमता मा बृद्धि हुने छ । मित्रजनहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्ला । पारिवारिक साथ सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा मन जानेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्ने हुन सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुरा काट्नेहरुको संख्यामा बृद्धि आउने छन् । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । खर्च बढ्न सक्ला । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ लगानीका लागि खासै राम्रो समय छैन । बिद्या प्राप्तिका लागि राम्रो रहेको छ । सन्तान सम्बन्धि समस्याले भने सताउने छ । सामान्य चिन्ताले सताउन सक्ला । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । निर्णय लिने क्षमतामा कमी आउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । यात्रा गर्ने अवसर प्राप्त होला । कार्यक्षेत्रमा प्रतिस्पर्धिहरु हावी हुने छन् । आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारीवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यताले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीको क्षेत्रमा मध्यम रहेको छ । इष्टमित्र भेटघाटको अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौद्धिक क्षेत्रका ब्यतित्वहरुसंगको संगतबाट मन प्रशन्न रहला । कार्य प्रतिको लगनसिलतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । मित्रजनहरुबाट साथ, सहयोग पाउनु हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । साझेदारी लगानीका लागि नसोचेकै बेश हुनेछ । प्रेम सम्बन्धमा थप सुधार आउनेछ । ब्यापार ब्यावसायमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा