आज श्री शाके १९४४ बि.स. २०७९ कात्तिक १३ गते आइतबार (अक्टोबर ३० तारिख) को राशिफल हेर्नुहोस्ः
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामान्य अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
परोपकारको क्षेत्रमा धेरै समय र परिश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरणबाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरुसंगकाे सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउन सक्छ । पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
कार्य सम्पादनमा भएका सामान्य त्रुटीले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । ब्यापारकाे क्षेत्रमा आम्दानी बढ्ने याेग रहेकाे छ । जटिल कार्य सम्पादन गर्न उत्तम समय रहेको छ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
पुराना तथा प्रिय मित्रजनहरुसंग भेटघाट हुने याेग रहेकाे छ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । आफुले विश्वास गरेका ब्यत्तिहरुबाट धाेका हुन सक्छ । जसका कारण काममा सामान्य झन्झट ब्यर्होनु पर्ने हुन सक्छ । नयाँ कार्यको थालनिले मनमा प्रशन्नता छाउनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
ब्यापारमा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगबाट काममा फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
आर्थिक अभाबको सामना गर्नु पर्ने याेग रहेकाे छ । मेहनत गरे अनुरुसारकाे फल प्राप्त हुनेछ । बाह्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । बिश्वास गरेका ब्यत्तिहरुबाट सामान्य धोका हुन सक्छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीता हुने योग रहेकोछ । सभा सम्मेलनमा पनि सहभागी हुने समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
ब्यापार ब्यवसायको क्षेत्रबाट आम्दानी बढ्ने याेग रहेकाे छ । जीवनसाथीकाे सहयोगमा गरीएका कार्यहमा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । सिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनशिलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
बिश्वास गरेका ब्यत्तिकाे षड्यन्त्रमा फसिएला सजग रहनु पर्ने समय रहेको छ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थिक झमेलाले सामान्य सताउन सक्छ । यात्रा खर्च दायक रहन सक्ने सम्भाबना रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका काम दीगो फाईदा मुलक साबित हुनेछन ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
प्रियजनको सहयाेगबाट मनमा प्रसन्नता छाउने छ । वाणीका कारण कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्धि हुने योग छ । नयाँ लगानीमा बिशेष सजग रहनु हाेला । यात्रामा सजग रहनुहोला । वादविवादका कारण झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
मान सम्मान प्राप्तिको योग छ । प्रिय मित्रजनसंगकाे भेटघाटले मनमा प्रशन्नता छाउने छ । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न मुस्किल पर्न सक्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।