शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

यस्तो छ असोज २५ गते (अक्टोबर ११ तारिख) को राशिफल, जय गणेश भगवान् !


  • सोमबार, असोज २४ २०७९
10.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ असोज २५ गते मंगलबार (इश्वी सन २०२२ अक्टोबर ११ तारिख) कार्तिककृष्ण पक्ष द्वितिया तिथी अश्विनी नक्षत्र हषंण योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा अमृत योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु गैर आवासिय नेपाली दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्धिहरु कमजोर बन्नेछन् । पारिवारिक मनोरञ्जन क्षेत्रमा बढि सयम व्यतित हुनेछ । नयाँ कार्य लगानीका लागि उत्तम रहेको छ । सामाजिक कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । अधुरा कार्यहरुलाई पुरा गर्ने आएको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक अभावको सामाना गर्नु पर्ने हुन्छ । खराब संगतका कारण सामान्य झमेला उत्पन्न हुनेछन् । प्रतिस्पर्धीहरु बढ्नेछन् । बोलीको प्रभावमा कमी आउनेछ । एक्लोपनको महसुस हुनेछ । कुरा काट्नेहरुको संख्या बृद्धि हुनेछन् । शारिरिक आलस्यताले सताउन सक्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पुग्नेछ । प्रतिस्पर्धामा अब्बल बन्नुहुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान्यजनहरुको साथ सहयोगमा कमी आएको महसुस हुनेछ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोगद्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिलासी सामान खरिद गर्न मन जानेछ दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा चन्चलताले बास गर्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा खिन्नपनको बोध हुनेछ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । व्यापार ब्यावसायमा राम्रो रहेको छ । खर्च बढ्नेछ । नयाँ कार्यको थालनी गर्नका लागि विशेष ध्यान दिनु होला । शारिरिक आलस्यताले सताउनेछ । मनमा चञ्चलपन आउनेछ । साथीभाईहरुसंगको सम्बन्धमा दुरी बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ लगानीका क्षेत्रमा बिशेष सावधानी अपनाउनु होला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्नेछ । आफन्तहरुको साथ सहयोगमा कमी आउनेछ । नयाँ कर्य गर्नका लागि मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ । अरुको बिश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कार्यमा मन जानेछ । मान्यजनहरुको सहयोग मिल्नेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । नयाँ लगानी गर्न जोश, जागर चल्नेछ । बोलीको प्रभाव बढ्नेछ । अरुलाई विश्वास गर्नाले सामान्य अपजस सहनु पर्ने हुन्छ । नसोचेको स्थानको यात्रा तय हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा