शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् असोज १७ गते सोमबार (अक्टोबर ३ तारिख) को राशिफल, जय पशुपतिनाथ !


  • आइतबार, असोज १६ २०७९
11.7K
SHARES

फाईल तस्बिर

आज श्री शाके १९४४ बि.स. २०७९ असोज १७ गते सोमबार (अक्टोबर ३ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कसैलाई पनि झट्ट विश्वास नगरि हाल्नुहोस् । शत्रु बढ्नेछन् । विश्वासिलो भनिएकाबाट पनि धोका हुन सक्दछ । प्रतिस्र्धात्म कार्यमा सफलता पाउनका लागि कडा मेहनत गर्नु पर्ने हुन्छ । नयाँ लगानी गर्ने अवसर आउन सक्नेछ । साझेदारी लगानी नगरेकै बेस हुनेछ । निर्णय लिने क्षमतामा कमी आउनेछ । बोलीको प्रभाव बढनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आट साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ ।यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गरिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सभा सम्मेलनमा बढि समय जानेछ । सामाजि कार्य गर्न मन जानेछ । अरुको चाडै विश्वास जित्ने योग रहेको छ । पारिवारिक रुपमा सामान्य मनमुटाबको स्थिति बन्ने सक्नेछ । अधिक मेहनतबाट मात्र काम सफल हुनेछ । आफ्नो कमजोरीका कारण अरुले नै फाइदा लिन सक्नेछन् । घर बाहिरको यात्रा जाने अवसर आउन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । आँखा सम्बन्धि समस्याले सताउन सक्छ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौद्धिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठनमा सफलता मिल्नेछ । आटेका काममा सफलता पाउनु हुनेछ ।
आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झण्झ आइपर्न सक्नेछ । स्वास्थमा सामान्य गडबढि रहनसक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ । मित्रजनहरुबाट सामान्य धोका हुन सक्दछ । अध्ययन अध्यापनमा राम्रो रहेको छ । आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारबाट सहयोग मिल्नेछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य त्रुटीमा पनि ठुलो अपजस आउन सक्नेछ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । पारिवारिक तथा मनोरञ्जनका क्षेत्रमा बढि समय खपन हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । नजिक भनिएका मान्यजन तथा मित्रजनबाट नसोचेको धोका हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मन चन्चल रहनाले निर्णय लिने क्षमतामा कमी आउने छ । प्रेम सम्बन्धमा घनिष्टता थपिनेछ । ब्यापार ब्यवसायमा राम्रो रहेको छ । कडा मेहनतका बावजुत कार्य सफल हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित ब्यतित गर्नु पर्ने हुन्छ । गरिरहेको कार्यभन्दा फरक तरिकाको कार्य गर्ने अवसर आउन सक्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा