आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ३१ गते शुक्रबार (इश्वी सन २०२२ सेप्टेम्बर १६ तारिख) आश्विन कृष्णपक्ष षष्ठी पश्चात सप्तमी तिथी कृत्तिका पश्चात रोहिणी नक्षत्र हर्षण योग वणिज करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु सप्तमीश्राद्ध ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपानमा विशेष ध्यान दिनुहोला । आज गरेको नयाँ लगानीबाट दिर्घकालिन फाइदा हुनेछ । नयाँ कार्य गर्न मन जानेछ । जीवनसाथीबाट गरिएको काममा सफलता पाउनु हुनेछ । परिवारसंगको सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभाव बढ्नेछ । आट, शाहसमा बृद्धि हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यापार ब्यवसायमा राम्रो रहेको छ । आय आर्जनको क्षेत्र मध्ययम रहेको छ । मान्यजनबाट गरिएको कार्यमा सफलता पाउनु हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ । शारिरिक आलस्यताले सताउनेछ । भौतिक साधनको प्रयोगमा मन जानेछ । विलासी कुरामा रमाउन मन लाग्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्च बढ्नेछ । मेहनत अनुसार सफलता पाउन गाह्रो पर्नेछ । ब्यापार ब्यावसायमा राम्रो रहेको छ । सामाजिक कार्य गर्न मन जानेछ । प्रतिस्पर्धात्म कार्यमा सफलता पाउनु हुनेछ । पुराना साथीभाईहरुसंग भेटघाट गर्ने अवसरा प्राप्त हुनेछ । छिटो विश्वास गर्नाले धोका हुन सक्दछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन प्रशन्न हुनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ने हुन सक्दछ। नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आट, शाहस बढ्नेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा मन जानेछ । सामान्य खर्च बढ्न सक्दछ । मान्यजनसंगको सल्लाहमा गरिएको कार्यमा विशेष लाभ प्राप्त हुनेछ । साथीभाईसंगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोगबाट काममा बिशेष फाईदा हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नु पर्ने हुन सक्दछ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिस्पर्धिहरु कमजोर रहनाले तपाइलार्इ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो कार्यको अरुले नै जस लिन सक्दछन् । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ। सभा सम्मेलनमा सहभागीताको समय रहेकोछ । सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन सक्दछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यवसायको क्षेत्रबाट आम्दानी बढ्ने योग रहेको छ । जीवनसाथीबाट भरपुर सहयोग मिल्नेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ साथी बनाउदा विशेष ख्याल गर्नुहोला । शत्रु सबल रहनेछन । मनमा चिन्ता बढ्न सक्दछ । साथीभाईहरुसंग दुरी बढ्न सक्दछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बोलीको प्रभावमा कमी हुनेछ । निर्णय लिने क्षमतमा बृद्धि हुनेछ । परिवारबाट सहयोग मिल्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यन अध्यापनका क्षेत्रमा राम्रो रहेको छ। सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पुर्याउनेछ । आम्दानी मध्यम रहनेछ । बौद्धिक ब्यक्तिहरुलाई अनुशरण गर्नाले दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरुबाट दिगो फाईदा हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक श्रोत साधनको प्रयोगमा बढि समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सभा सम्मेलनबाट मान सम्मान मिल्नेछ । प्रियजनहरुसंगको भेटले मन प्रशन्न हुनेछ । गरिरहेको कार्यमा सफलता पाउनु हुनेछ । सामुहिक कार्य गर्न मन जानेछ । नयाँ कामको सुरुवात गर्न आट, शाहस बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । बोलीको प्रभावमा बृद्धि हुनेछ ।