आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

भदौ २६ गते आइतबार (सेप्टेम्बर ११ तारिख) को राशिफल हेर्नुहोस्, जय मनकामना माता !


  • शनिबार, भाद्र २५ २०७९
7.5K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २६ गते आइतबार (इश्वी सन २०२२ सेप्टेम्बर ११ तारिख) आश्विन कृष्णपक्ष प्रतिपदा तिथी १४:१९ सम्म पश्चात द्वितिया तिथी पूर्वभाद्रपदा नक्षत्र शूल योग कौलव करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा चर योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु सोह्रश्रद्धारम्भ प्रतिपदाश्राद्ध पूञ्चलीभूजा द्वितियाश्राद्ध ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारबाट टाढा रहनु पर्ने हुन सक्दछ । आर्थिक अभावको सामान्य सामना गर्नु पर्ने हुन सक्दछ । सामुहिक कार्य गर्न मन जानेछ । साथीभाईहरुको सहयोगबाट अपुरा कार्य पुरा हुनेछ । विश्वास गरिएका व्यक्तिबाट धोका हुन सक्दछ । प्रतियोगितात्मक गतिविधिमा सफलता प्राप्त गर्नु हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य क्षेत्रमा सफलता पाउनु हुनेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । गरिरहेको कार्यमा पदोन्नती हुने योग रहेको छ । पुराना लगानी उठ्नेछन् । मित्रजनहरुसंग भेटघाटमा बढि मन जानेछ । आफुभन्दा सानाबाट ठुलो सहयोग प्राप्त हुनेछ । ब्यापार ब्यावसायमा आम्दानी बढ्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सभा सम्मेलनमा सहभागि हुन मन जानेछ । भौतिक साधनको प्रयोगमा विशेष ख्याल पुर्याउनु होला । नेतृत्व गर्ने क्षमता बृद्धि हुनेछ । ब्यापार ब्याबसायबाट राम्रो लाभ प्राप्त हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । सामुहिक कार्यबाट गरिएको काममा सफलता पाउनु हुनेछ । मान्यजनहरुको सहयोगबाट अपुरा कार्यमा सफलता पाउनु हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ लगानी गर्दा विशेष ख्याल गर्नुहोला । यात्रा गर्दा विशेष ध्यान दिनु होला । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका साथीभाईहरुसंग दुरी बढ्नेछ । मनोरञ्जन क्षेत्रमा बढि समय खपत हुनेछ । अपरिपक्व निर्णयका कारण सामान्य झण्झट आइपर्न सक्दछ । विलासी सामान खरिद गर्न मन जानेछ । परिवारको सहयोग मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्ध सुमधुर बन्नेछ । जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । नयाँ लगानी गर्नका लागि उपयुक्त समय रहेको छ । पढाईको क्षेत्रमा राम्रो रहेको छ । चाडै विश्वास गर्नाले सामान्य अपजसको स्थिती बन्न सक्दछ । आर्थिक क्षेत्र सबल रहेको छ । बोलीको प्रभाव बढ्नेछ । शारिरिक आलस्यताले सताउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुरा काट्नेहरुको संख्या बढ्नेछन् । आर्थिक क्षेत्रमा सबल बन्नु हुनेछ । सामाजिक कार्यमा बढि समय खपत हुनेछ । बोल्दा ध्यान नदिँदा नजिकका साथीभाईहरु रुष्ट बन्नेछन् । आट, शाहस बढ्नेछ । सामुहिक कार्य गर्न मन जानेछ । सभा सम्मेलनमा मान, सम्मान प्राप्त हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चाडो क्रोध बढ्नेछ । अपुरा कार्यमा सफलता पाउनु हुनेछ । सन्तानबाट खासै सुख प्राप्त हुँदैन । ब्यापार ब्यावसायमा राम्रो आन्दानी बढ्नेछ । पढाईको क्षेत्रमा राम्रो रहेको छ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारबाट खासै सहयोग प्राप्त हुने छैन । बोलीको प्रभावमा कमी आउनेछ । शारिरिक आलस्यताले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरिरहेको कार्यमा सामान्य झण्झट आइ पर्न सक्दछ । परिस्थितीको सामना आफैले गर्न सक्नु हुनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर प्राप्त हुनेछ । मान सम्मान मिल्ने योग रहेको छ । दाम्पत्य जीवनमा मनमुटावको स्थिती आउन सक्दछ । धैर्य गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले सामान्य तनाब बढ्न सक्दछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्धमा दुरी बढ्नेछ। भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परिवारमा बिताएको समय फाईदा जनक रहला । पढाईको क्षेत्रमा राम्रो रहेको छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन । बोलीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजनसंगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारी लगानीमा गरेको कार्यमा समस्या उत्पन्न हुन सक्दछ । निर्णय लिन कठिनाई हुन सक्दछ । नयाँ कार्य थालनीका लागि आट आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या आउन सक्दछ । परिवारबाट सहयोग मिल्नेछ । भौतिक साधनको प्रयोगमा बढि समय ब्यतित हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा