आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ २१ गते मङ्गलवार (सेप्टेम्बर ६ तारिख) को राशिफल, जय गणेश भगवान् !


  • सोमबार, भाद्र २० २०७९
7.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २१ गते मङ्गलवार (इश्वी सन २०२२ सेप्टेम्बर ६ तारिख) को राशिफल बारे थाहा पाउनुहोस्:

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ लगानी गर्दा राम्रो हुने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगबाट गरिएको कार्यमा विशेष फाइदा पुग्नेछ । बोलीको प्रभाव बढेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । जीवनसाथीसंग झनै सुमधुर सम्बन्ध बन्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । ब्यापार ब्याबसायमा आम्दाी बढेर जानेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा कमी आउनेछ । परिवारको सहयोगबाट गरेको कार्यमा सफल भइनेछ । साझेदारी रुपमा नयाँ लगानी नगर्दा नै राम्रो हुनेछ । यात्रा गर्दा सजग रहनु होला । विलासी सामान खरिद गर्न मन जानेछ । मनमा चिन्ता बढ्ने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नजिकका साथीबाट धोका पाइन सक्छ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । अधिक मेहनत गर्दा पनि सफलता हासिल गर्न गाह्रो हुनेछ । यात्रा गर्ने अवसर पाइनेछ । खानपान गर्दा विशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्नेछ । नयाँ कार्यको थालनी गर्ने अवसर आउने छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विलासी सामान खरिद गर्न मन जानेछ । मनमा चिन्ता बढ्ने योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा कमी आउनेछ । परिवारको सहयोगबाट गरेको कार्यमा सफल भइनेछ । साझेदारी रुपमा नयाँ लगानी नगर्दा नै राम्रो हुनेछ । यात्रा गर्दा सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक काममा मन जानेछ । अकस्मात खर्च हुने योग रहेको छ । मान्यजनले दिएको सल्लाह बमोजिम गरेको कार्यमा सफलता प्राप्त हुनेछ । शारिरिक आलस्यपनले सताउने छ । मनमा चञ्चलता आउनेछ । परिवारबाट साथ सहयोग पाउनु हुनेछ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनु पर्ने हुन्छ । अनावश्यक रुपमा यात्रा गर्नु पर्ने हुनसक्छ । प्रतिस्पर्धि कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु सबल रहने योग रहेको छ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । बल पराक्रममा बृद्धि हुनेछ ।अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले अपजस सहनु पर्ने हुन सक्दछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक ब्यत्तित्वहरुको अनुसरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारको सहयोग मिल्नेछ । सामुहिक कार्य नगरेकै राम्रो हुनेछ । नयाँ कार्यको थालनी गर्न सहि समय रहेको छ । अधुरा कामहरु पुरा हुने योग रहेको छ । जीवनसाथीसंगको सम्बन्ध सुमधुर बन्नेछ । आफन्तजनको सहयोगबाट कार्य सफल हुनेछ । ब्यापार ब्याबसायमा समान्य रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा