आइतबार, कार्तिक ३० २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ १९ गते आइतबार (सेप्टेम्बर ४ तारिख) को राशिफल, मनकामना माताले सबैको रक्षा गरुन् !


  • शनिबार, भाद्र १८ २०७९
8.6K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १९ गते आइतबार (इश्वी सन २०२२ सेप्टेम्बर ४ तारिख) को राशिफल हेर्नुहोस्ः

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साथी-भाईहरुसंगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति बन्न सक्नेछ । अरुका कारण काममा अपजस आइपर्न सक्नेछ । नजिकका व्यक्तिहरुको धोका दिन सक्ने छन् । मान्यजनहरुको सल्लाहमा गरिएको कार्यमा सफलता पाउनु हुनेछ । मेहनतबाट मात्र काम सफल हुनेछ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछन् । अधिक

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
घर बाहिरको यात्रा जाने अवसर आउन सक्नेछ । सभा सम्मेलनमा बढि समय जानेछ । अरुको चाडै विश्वास जित्ने योग रहेको छ । पारिवारिक रुपमा सामान्य मनमुटाबको स्थिति बन्ने सक्नेछ । अध्ययनको क्षेत्रमा राम्रो रहेको छ । सामाजि कार्य गर्न मन जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समान्य झण्झड आउन सक्नेछ । अरुका कारण अपजस आउन सक्नेछ सजग रहनुहोला । मित्रलाई बढि विश्वास गर्नाले सामान्य क्षती ब्यहोर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा कमी आउने छ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रजनहरुबाट सामान्य धोका हुन सक्दछ । आफन्तजन तथा मान्यजनहरुबाट साथ सहयोगमा कमि आउनेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्दछ । मेहनत अनुसार कार्य सफल नहुन सक्दछ । निर्णय लिने क्षमतामा बृद्धि आउनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । मनमा डर पैदा हुन सक्दछ । बोलीको प्रभावमा कमी आउनेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । मान्यजनहरुको सहयोगबाट आम्दानीमा बृद्धि हुने छ । सभा सम्मेलन जस्ता कार्यमा सहभागि हुने अवसर प्राप्त हुनेछ । सामुहिक कार्यमा मन जानेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रिरहेको कार्यबाट आम्दानी बढ्नेछ । आफुले बोलेको कुरामा राम्रो समर्थन पाउनु हुनेछ । यात्रा गर्ने अवसर आउने छ । बोलीको प्रभाव बढ्नेछ । गपठन पाठनमा राम्रो सफलता पाउनु हुनेछ । प्रतियोगितामा भाग लिँदा सफलता पाउनु हुनेछ । आफुले गरेको काममा चौतर्फी प्रशंसा पाउनु हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सत्रु पक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । आँखा सम्बन्धि समस्याले सताउन सक्छ । सौन्दर्यका क्षेत्रमा खर्च हुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । परिवारबाट टाढा भएको महसुस हुनेछ । प्रतियोगितात्मक कार्यमा सफलता पाउनका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । यात्रा गर्न विशेष ध्यान दिनुहोला । खानपानका कारण सामान्य स्वास्थ्यमा समस्या देखा पर्न सक्दछ । सामुहिक कार्य गर्न मन जानेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यजनको सहयोगबाट अपुरा कामहरुमा सफलता प्राप्त हुनेछ । यात्रा गर्ने अवसर आउने छ । नयाँ कार्यको थालनी गर्नका लागि राम्रो रहेको छ । मानसम्मान मिल्ने योग रहेको छ । प्रिपरिवारबाट खासै सहयोेग नपाइन सकिनेछ । विलासी सामानहरुको खरिद गर्न मन जानेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आट साहसको बृद्धि हुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा