शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ १४ गते मङ्गलवार (अगस्ट ३० तारिख) को राशिफल, गणेश भगवानले सबैको रक्षा गरुन् !


  • सोमबार, भाद्र १३ २०७९
12K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ १४ गते मंगलबार (इश्वी सन २०२२ गस्ट ३० तारिख) भाद्र शुक्लपक्ष तृतिया तिथी हस्ता नक्षत्र शुभ योग गर करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा सौम्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु हरितालिका तिज व्रत चन्द्रदर्शनदोष ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नजिकका व्यक्तिबाट धोका हुन सक्दछ । मनमा चञ्चलता हुनाले कार्य क्षेत्रमा यसले बाधा पुर्याउने छ । तपाइले गरेको कार्यको लाभ अर्कै व्यक्तिले पाउनेछ । सहि तरिकाले निर्णय गर्न नसक्दा अपजस सहनु पर्ने हुन्छ । अधिक मेहनतबाट मात्रै कार्य सफल हुनेछ । पठन पाठनमा राम्रो रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ । सन्तानबाट सुख प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ । यात्रा गर्ने अवसर आउनेछ । गरिरहेको कार्यमा थप सफलता मिल्नेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । ब्यापार ब्यावसाय सामान्य रुपमा चल्नेछ । परिवारबाट सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी बढ्ने योग रहेको छ । आजको लगानीबाट दिर्घकालिन फाइदा मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । अधिक मेहनतबाट मात्रै कार्य सफल हुनेछ । सवारी साधनको प्रयोगमा बढि समय खर्च हुनेछ । खानपानमा सजग रहनुहोला जसले स्वास्थ्यमा समस्या ल्याउन सक्नेछ । कार्य क्षेत्रमा सोच अनुसारको सफलता नपाइन सकिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्रामा निस्कनु पर्ने हुन्छ । मित्रजनहरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । दाजुभाई बिच सामान्य मनमुटाबको स्थिती बन्न सक्छ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य क्रुटिले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलिको प्रभाबमा कमी आउनेछ । मान्यजनहरुसंगको सम्बन्धमा सामान्य दरारको स्थिति बन्न सक्छ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुनेछ । परिवारको सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । बौद्धिक व्यक्तिहरुसंगको संगतमा बढि समय व्यतित हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सन्तानबाट सुख मिल्नेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा बढि समय खपत हुनेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारिरिक आलस्यताले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा रमाउनु हुनेछ । सामान्य यात्रा पश्चात कार्य सिद्धि हुन सक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य खर्च बढ्न सक्छ । कुरा काट्नेहरुको संख्यामा बृद्धि हुनेछ । सामाजिक कार्य गर्न मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्य क्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफुले बोलेको कुराको गलत अर्थ लाग्नाले सामान्य झन्झट हुन सक्नेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारिरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको मन जित्न कार्य गर्न सफल भइनेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्ट मित्रसंगको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विलासी सामानहरुको खरीद गर्न मन जानेछ । इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारिरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानी गर्दै हुनुहुन्छ भने बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ सम्बन्धि समस्या आउन सक्छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिबाट धोका हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलीको प्रभावमा कमी आउनेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरिरहेको व्यापारमा आम्दानी बढ्ने योग रहेको छ । मान्यजन, इष्टमित्रहरुको सहयोगबाट अधुरा कार्यहरुमा सफलता मिल्नेछ । विलासी सामान खरिद गर्न मन जानेछ । सामुहिक कार्य गर्न मन जोनेछ । सामाजिक कार्य गर्न अवसर आउनेछ । पुराना साथीहरुसंग भेट गर्ने अवसर आउनेछ । परिवारका सदस्यहरुसंग सामान्य मनमुटावको स्थिति बन्न सक्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा