आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ११ गते शनिबार (इश्वी सन २०२२ अगस्ट १७ तारिख) भाद्र कृष्णपक्ष औंसि तिथी मघा नक्षत्र शिव योग नाग करण चन्द्रमा सिहं राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्नानदान र हलोबार्ने औँशी, गोकर्णस्नानम्, कुशेऔँशी, बाबुको मुख हेर्ने ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिस्पर्धात्म क्रियाकलापमा सफलता हासिल गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । अपुरा कार्यहरु पुरा हुने योग रहेको छ । साथीभाईहरुबाट सहयोग मिल्नेछ । परिवारबाट सहयोग हुनेछ । ब्यापार ब्यावसायमा राम्रो आम्दानी हुनेछ । सामान्य खर्च बढ्नेछ । सामाजिक कार्य गर्न मन जानेछ । विश्वास गरिएका व्यक्तिहरुले धोका दिन सक्नेछन् ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन पाठनमा राम्रो हुने योग रहेको छ । नयाँ कार्य थालनी गर्ने अवसर प्राप्त हुनेछ । आफन्तविचको सम्बन्धमा केही दरार देखा पर्नेछ । अनावश्यक रुपमा खर्च बढ्नेछ । तपाईको कमजोरीको फाइदा अरुले लिनेछन् । गरिरहेको कार्यमा सामान्य त्रुटि देखा पर्नाले मानसिक चिन्ताले सताउनेछ । यात्रा गर्ने अवसर जुट्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारी साधनको प्रयोगमा विशेष ख्याल गर्नुहोला । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । पारिवारिक झमेलाले सताउने छ । मान्यजनहरुको साथ सहयोगबाट अपुरा कार्यहरु पुरा हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा थप सुमधुरता छाउनेछ । पुराना साथीहरुसंग भेटघाट हुनेछ । सामुहिक कार्यमा मन जानेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य कारणबाट साथीसंगको सम्बन्धमा दरार आउन सक्नेछ । एकल निर्णयबाट पारिवारिक कलह उत्पन्न हुने सक्नेछ । बोलीको प्रभावमा कमी आउनेछ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ साथीबाट धोका हुने छ । मनोरञ्जनका क्षेत्रमा बढि समय व्यतित हुनेछ । पठन पाठनमा राम्रो रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजनहरुबाट साथ सहयोग मिल्नेछ । स्बास्थ्य सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्य क्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरिरहेको कार्यमा सफलता पाइनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल भेटिन सक्नेछ । बौद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । सांगितिक क्षेत्रमा रमाउन मन जानेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेमी प्रेमीका बिच सामान्य मनमुटाब देखा पर्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्नेहरुको प्रशस्ते पाउनु हुनेछ । सामाजिक कार्यमा मन जानेछ । साधारण खर्च भएता पनि दिन मध्यम रहनेछ । परिवारबाट सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुबाट खासै सहयोग नहुन सक्दछ । शिक्षा र ब्यापारको राम्रो हुने योग रहेको छ । बोलेको कुराको गलत अर्थ लाग्नाले सामान्य झन्झट आइपर्न सक्नेछ । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारीवार तथा ईष्टमित्रसंग राम्रो सम्बन्धको विकास हुनेछ । सन्तान समस्याले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आम्दानीको क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्यामा बृद्धि हुने छ । गायन क्षेत्रमा सफलता पाउनु हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्तहरुसंगको भेटघाटमा बढि समय खर्च हुनेछ । मनोबिलासिताका सामान खरिद गर्न मन जाने छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरुसंगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभावमा कमी आउनेछ । सामान्य स्वास्थ सम्बन्धी समस्याले सताउनेछ । स्तान्तरणको योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्तिले धोका दिन सक्नेछन् । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरिरहेको कार्यबाट आम्दानी बढ्ने योग रहेको छ । बिलासिताका सामाग्री खरिद गर्नका लागि मन जानेछ । पुराना मित्रजनहरुसंगको भेटघाट बढि समय व्यतित हुनेछ । मान्यजनको साथ सहयोगबाट काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेको छ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ ।