शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् भदौ ५ गते आइतबार (अगस्ट २१ तारिख) को राशिफल, जय मनकामना माता


  • शनिबार, भाद्र ४ २०७९
9K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ ५ गते आईतबार (इश्वी सन २०२२ अगस्ट २१ तारिख) भाद्र कृष्णपक्ष दशमी तिथी मृगशिरा नक्षत्र हर्षण योग वणिज करण चन्द्रमा बृष राशीमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा चिन्ता बढ्ने योग रहेको छ । सामाजिक कार्यमा मन जानेछ । बोलीको प्रभावमा कमी आउनेछ । परिवारको सहयोगबाट गरेको कार्यमा सफल भइनेछ । साझेदारी रुपमा नयाँ लगानी नगर्दा नै राम्रो हुनेछ । यात्रा गर्दा सजग रहनु होला । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ब्यापार ब्याबसायमा आम्दाी बढेर जानेछ । नयाँ लगानी गर्दा राम्रो हुने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगबाट गरिएको कार्यमा विशेष फाइदा पुग्नेछ । बोलीको प्रभाव बढेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । भौतिक साधनको प्रयोगमा बढि समय जानेछ । विलासी सामान खरिद गर्न मन जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नजिकका साथीबाट धोका पाइन सक्छ । आर्थिक अभावको सामना गर्नु पर्ने हुन्छ । अधिक मेहनत गर्दा पनि सफलता हासिल गर्न गाह्रो हुनेछ । यात्रा गर्ने अवसर पाइनेछ । खानपान गर्दा विशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्नेछ । अरुलाई छिटो विश्वास गर्नाले सामान्य झण्झट आइ पर्न सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना साथीहरुसंग अकस्मात भेटघाट हुनेछ । मनोरञ्जनको क्षेत्रमा बढि समय व्यतित गर्नुहुनेछ । साथीहरुसंगको भेटघाटले मनमा प्रशन्नता छाउनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि आउनेछ । प्रतिस्र्धात्मक कार्यमा सफलता हासिल गर्न अधिक मेहनत गर्नु पर्नेछ । नयाँ कार्यको थालनी गर्ने योग रहेको छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक काममा मन जानेछ । अकस्मात खर्च हुने योग रहेको छ । मान्यजनले दिएको सल्लाह बमोजिम गरेको कार्यमा सफलता प्राप्त हुनेछ । शारिरिक आलस्यपनले सताउने छ । मनमा चञ्चलता आउनेछ । परिवारबाट साथ सहयोग पाउनु हुनेछ । जीवनसाथीसंग झनै सुमधुर सम्बन्ध बन्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गनु पर्ने हुन्छ । अनावश्यक रुपमा यात्रा गर्नु पर्ने हुनसक्छ । प्रतिस्पर्धि कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबनसाथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले अपजस सहनु पर्ने हुन सक्दछ । शत्रु सबल रहने योग रहेको छ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौद्धिक ब्यत्तित्वहरुको अनुसरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान सम्मान प्राप्ति हुने योग रहेको छ । पुराना साथीभाई तथा प्रियजनहरुको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन गर्न मन जानेछ । निर्णय गर्ने क्षमतामा कमी आउनेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा