शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भदौ २ गते बिहीबार (अगस्ट १८ तारिख) को राशिफल हेर्नुहोस्, जय मनकामना माता !


  • बुधबार, भाद्र १ २०७९
16.8K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २ गते बिहीबार (इश्वी सन २०२२ अगस्ट १८ तारीख) भाद्र कृष्णपक्ष सप्तमी तिथी भरणी नक्षत्र वृद्धि योग भद्रा करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा पद्य योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आटेका कामले पुर्णता पाउने छन् । आफ्नो राम्रो चाहने व्यक्तिहरु प्रशस्तै पाउनु हुनेछ । परिवारबाट खासै सहयोग हुने छैन । सवारी साधनको प्रयोगमा विशेष ख्याल पुर्याउनु होला । काम सम्पन्न गर्न अधिकतम मेहनत गर्नु पर्ने हुन्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ कामको थालनी गर्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीको सहयोगबाट काम बन्ने योग रहेको छ । परिवारिक साथ सहयोग पाउनु हुनेछ । नयाँ लगानी गर्दा विशेष ख्याल गर्नुहोला । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्दछ । यात्रा गर्ने अवसर आउन सक्दछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्दछ । नजिकका साथीभाई तथा दाजु भाईसंग बैमनश्यता उत्पन्न हुन सक्दछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिस्र्धात्मक कार्यमा तपाईको जित हुनेछ । आम्दानी बढ्ने योग रहेको छ । साझेदारी ब्याबसाय गर्दा विशेष ख्याल गर्नुहोला । नयाँ कार्यको सुरुवातले मनमा प्रशन्नता छाउनेछ । शारिरिक आलस्यपनले गरिरहेको काममा रुची हुँदैन । सामाजिक कार्यमा मन जानेछ । पारिवारिक भेटघाटमा बढि समय व्यतित हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथ सहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामान्य चोटपटक लाग्न सक्दछ सजग रहनु होला । मान्यजनसंगको सम्बन्धमा खटपट हुन सक्दछ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउन सक्दछ । छोटो समयमा गरेको विश्वासले धोका पाउनु हुनेछ । मनोरञ्जनको क्षेत्रमा बढि समय व्यतित हुनेछ । यात्रा गर्ने अवसर पाउनु हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा