शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हेर्नुहोस् साउन २४ गते मङ्गलवार (अगस्ट ९ तारिख) को राशिफल, जय गणेश !


  • सोमबार, साउन २३ २०७९
15.4K
SHARES

फाइल तस्विर

आज श्री शाके १९४४ बि.स.२०७९ साउन २४ गते मंगलबार इश्वी सन २०२२ अगस्ट ९ तारिख साउन शुक्लपक्ष द्वादशी तिथी मूल नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । बिलासी कुराहरुमा समय बढी व्यतित हुनेछ । बोलीको पभावले काम बन्नेछ । कामबाट मान्यजनहरुको मन जित्ने अवसर प्राप्त हुनेछ । साथीभाइहरुको साथ मिल्नेछ । विश्वास गरेका व्यक्तिहरुले धोका दिन सक्दछन् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीसंग सामान्य मनमुटाव हुन सक्दछ । बोलीका कारण काम बिग्रन सक्दछ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्दछ । परिवारको साथ मिल्नेछ । गरिरहेको कार्यमा सामान्य समस्या देखा पर्न सक्दछ । शरिरमा आलस्यपन आउन सक्दछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ब्यापार ब्यावसाय गर्न राम्रो समय रहेको छ । नजिकका व्यक्तिहरुले धोका दिन सक्दछन् । खर्च बढ्ने योग रहेको छ । जीवनसाथीबाट गरेको कामले पुर्णता पाउनेछ । दाजु भाईहरुसंग सामान्य मनमुटाब हुन सक्दछ । मान्यजनहरुको सहयोगबाट अधुरा काम पुरा हुने योग रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । अनावश्यक काममा समय बढी खर्च हुन सक्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा