आज श्री शाके १९४४ बि.स.२०७९ साउन १८ गते बुधबार इश्वी सन २०२२ अगस्त ३ तारीख साउन शुक्लपक्ष षष्ठी तिथी हस्ता नक्षत्र सिद्ध योग कौलव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु कल्कीजयन्ति ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक रुपमा खर्च बढ्ने सम्भाबना रहेको छ । काम गर्दा सामान्य झन्झट उत्पन्न हुन सक्नाले विशेष ख्याल गर्नुहोला । स्वास्थमा सामान्य समस्या आउन सक्दछ। नजिकका व्यक्तिहरुबाट धोका हुन सक्दछ । सामाजिक कार्यमा मन जानेछ । घरपरिवारसंगको सम्बन्धमा दरार उत्पन्न हुने सक्दछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफुलाई माया गर्ने व्यक्तिहरुको जमात बढ्नेछ । काम गर्दा सबैको साथ मिल्नेछ । अध्ययनको क्षेत्रमा राम्रो रहेको छ । नयाँ कार्य थालनी गर्ने अवसर मिल्नेछ । आम्दानी बढ्ने योग रहेको छ । शरिरमा आलस्यपनको विकास हुनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक यात्राको सम्भावना रहेको छ। मित्र तथा दाजुभाइहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरूका कारण तपाईँले अबजस आउन सक्दछ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानसिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरूले उठाउन सक्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बिश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरुसंगकाे सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।