च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इङ्लिस क्लब लिभरपुल जर्मनीको बायर्न म्यूनिखसँग गोलरहित बराबरीमा रोकिएको छ ।
मंगलबार भएको खेलमा लिभरपुलले जित हासिल गर्ने प्रयास गरेपनि असफल रह्यो। उसले केबल दुई पटकमात्र बायर्नको पोस्टमा प्रहार गर्न सक्यो। बायर्नले लिभरपुललाई आफ्नो उत्कृष्ट डिफेन्सको शक्तिमा गोल गर्ने मौका दिएन।
साडिओ मानेले पहिलो हाफमा गोल गर्ने राम्रो मौका खेर फाले । जोल माटिपले रोबर्टो फिरमिनोको क्रमसमा पाएको बललाई ‘अनमार्क’ रहेका मानेले त्यसको सदुपयोग गर्न सकेनन् । सो खेलमा माटिपले झण्डै आत्मघाती गोल बायनलाई उपहार दिएका थिए।
दोस्रो हाफमा जर्मन च्याम्पियन बार्यनले झन उत्कृष्ट खेल देखायो र खेल गोलरहित बराबरीमा टुङ्गियो। दोस्रो लेग मार्च १३ मा बार्यनको मैदानमा हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।