शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

क्योकुशिन सेईसिन काईकान कराँतेका खेलाडी शनि सिंहलाई स्वर्ण पदक


  • सोमबार, साउन १२ २०८२
15K
SHARES

श्रीलङ्कामा जुलाई २७ मा आयोजना भएको साउथ एसियन स्तरीय २५ औँ अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट लक्माज च्यालेन्जमा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघबाट सहभागी भएको खेलाडी शनि सिंहले स्वर्ण पदक हासिल गरेको छ।

प्रतियोगितामा श्रीलङ्काको खेलाडीलाई २ राउन्ड ड्र भएर तेश्रो पटकको भिडन्तमा नेपाली खेलाडीले स्वर्ण पदक हात पार्न सफल भएको थियो।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा सहभागी भएको उक्त प्रतियोगिताकामा अफिसियलमा प्रशिक्षक रामशरण राणा, प्रशिक्षक सम्पूर्ण महर्जन र खेलाडीमा शनि सिंहले सहभागिता जनाएको थियो।
सहभागी देशहरूमा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का रहेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा