शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

अर्जेन्टिना विश्वकप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश


  • बुधबार, असार २४ २०८३
1.3K
SHARES

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप फुटबलकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएकाे खेलमा इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाले इजिप्टलाई ३-२ गाेलले पराजित गरेकाे छ। खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो ।

यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेका थिए । भीएआर परीक्षणबाट इजिप्टले त्यसअघि फाउल गरेको देखाएसँगै उक्त गोलले मान्यता पाएन । त्यसपछि उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० गाेलको स्थितिमा ल्याएका थिए । खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २-० गालले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरेका थिए ।

८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याएका हुन्। दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याएका थिए । अर्जेन्टिनाले अब क्वाटरफाइनलमा स्विट्जरल्याण्ड र कोलम्बियाबीचको खेलबाट तय हुने विजेतासँग खेल्ने भएकाे छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा