आज श्री शाके १९४४ बि.स. २०७९ असार २४ गते शुक्रबार इश्वी सन २०२२ जुलाई ८ तारिख आषाढ शुक्ल पक्ष नवमी तिथी, चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र शिव योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ब्यापार, ब्यवसायका क्षेत्रमा लाभ हुने योग रहेको छ । नयाँ कार्य थालनी गर्ने सम्भावना छ । मान सम्मान प्राप्त गर्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बढवा पाउनु हुनेछ । सामान्य खर्च बढ्न सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कार्यमा सहभागीता हुने योग रहेको छ । काम गर्ने क्रममा बिशेष सजगता अपनाउनु होला । सामान्य आर्थिक अभावको सम्भाबना छ । एक्लोपनको महसुस हुनसक्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक कार्य विशेष ध्यान जानेछ । आम्दानी बढ्ने योग रहेको छ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनीको अवसर हुन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ब्यापारमा राम्रो आम्दानी हुने योग रहेको छ । अनावश्यक काममा समय ब्यतित हुन सक्छ । अधुरा कामहरु पुरा हुनेछ । आम्दानीको क्षेत्र मध्य रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उर्जा आएको महसुस हुन सक्छ । नयाँ मित्रजनहसगँको भेटघाटले मन प्रशन्नता छाउनेछ । कार्यमा बाधा ब्यवधान आउन सक्छ । आफुले गरेको कामको जस अरुले नै लिन सक्नेछन् । शारीरिक आलस्यताले सताउन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । बिश्वास गरेका व्यक्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय जानेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ । भोज भतेर जस्ता कार्यमा सहभागीताको समय रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीको क्षेत्र सामान्य हुनेछ । यात्राको सम्भाबना रहेकोछ । मित्रजनहको साथ सहयोग प्राप्त रहनेछ । मनको चन्चलता छाउनेछ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तजनको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । आय आर्जनमा बृद्धि हुनेछ । सन्तान सुःख प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक कार्यमा जुट्न मन जानेछ । मानसम्मान प्राप्त हुन सक्छ । मान्यजनहको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र तथा दाजुभाईहसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य क्रुटि देखा पर्न सक्छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खानपानका कारण स्वास्थमा सामान्य समस्या आउन सक्छ । आफन्तजनहरुसंगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ ।