आज श्री शाके १९४४ बि.स.२०७९ असार २३ गते बिहिबार इश्वी सन २०२२ जुलाई ७ तारीख आषाढ शुक्ल पक्ष अष्टमी तिथी ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
शुभचिन्तकहरुको साथ सहयोगमा अधुरा काम बन्नेछन् । नयाँ ठाउँमा लगानी गर्दा विशेष ध्यान दिनुहाेला । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
सन्तानबाट सु:ख प्राप्त हुनेछ । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):
आम्दानि हुने योग छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
मित्रजनको सहयोगबाट बिग्रन लागेको काम बन्ने योग छ । पारिवारिक मनमुटाब हुन सक्छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । आफन्तजनको सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
खर्च बढ्ने सम्भाबना रहेको छ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापारमा राम्रो आम्दानि हुने योग छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
आफन्तहरुकाे सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):
स्वास्थ सम्बन्धि समस्याको आउन सक्छ । नजिकका ब्यक्तिबाट अविश्वासकाे कार्य हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानीकाे क्षेत्र सबल रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
बिग्रन लागेको काम बन्नेछ । ब्यवसायबाट आम्दानी हुने योग छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरुसंगकाे सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद हुन सक्ने याेग रहेकाे छ ।