शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

नेशनल युनाइटेडमा इन्डो नेपाल खुल्ला कराँते प्रतियोगिता सम्पन्न


  • आइतबार, जेष्ठ २२ २०७९
15.1K
SHARES

काठमाडौँकाे हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले आयोजना गरेको आठौँ इन्डो नेपाल खुल्ला कराते प्रतियोगिता २०२२ सम्पन्न भएको छ । कराते प्रतियोगिताको यस श्रृंखला अन्तर्गत नेपाल तथा भारतका गरी ३० वटा विभिन्न विद्यालय तथा डोजोका खेलाडीहरूले २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा पुरुषतर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तथा खुल्ला एवम् महिलातर्फ २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तथा खुल्ला समुहमा गरी ३०० जना भन्दा बढी खेलाडीहरू सहभागी भएका थिए । प्राप्त पदकहरुको आधारमा थाइबा डोजो प्रथम, छिमेकी मित्रराष्ट्र भारतबाट सहभागी टिम द्वितीय तथा नवज्ञानभुमि स्कुल तृतीय भई ट्रफी चुम्न सफल भए । त्यसैगरी पुरुषतर्फ दि चाँदबाग स्कुलका सकृय थापा तथा महिलातर्फ भारतीय खेलाडी सृष्टि दास उत्कृष्ट खेलाडी घोषित भई ट्रफी प्राप्त गर्न सफल भए ।

नेसनल युनाइटेड स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक श्री रेवती प्रसाद दाहालको सभापतित्व तथा शैक्षिक गुणस्तर परिक्षण केन्द्रका निर्देशक अनिल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विजेता खेलाडीहरूलाई नेपाल गोजु-काइ कराते महासंघका अध्यक्ष अशुराज श्रेष्ठ, नेपाल गोजु-काइ कराते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक जे.बी. हमाल, मध्यनेपाल नगरपालिका वडा नं १० का वडाध्यक्ष रामचन्द्र भण्डारी, प्याब्सन काठमाडौं जिल्ला कार्य समितिका सह–सचिव कृष्ण भण्डारी लगायतले प्रमाणपत्र, मेडल एवम् ट्रफी वितरण गर्नु भएको थियो । विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा अतिथि वक्ताहरूले खेलकुदका माध्यमबाट शारिरीक र मानसिक रुपमा स्वस्थ भई शैक्षिक सफलता प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा