ज्योतिष भाषाअनुसार यी ४ वटा राशिलाई बलवान राशिको रुपमा मानिन्छ । सो राशि भएका व्यक्तिहरु यस्ता हुन्छन्, जसले आफ्नो अनुकुलतामा अरुलाई हिडाउन सक्दछन् । हेर्नुहोस् ज्योतिषी भाषामा त्यी राशिहरु कति बलावान् छन्ः
मेष राशि: याे राशि भएका व्यक्तिहरु उर्जावान हुन्छन् । सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् । मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।
बृश्चिक राशि: याे राशि भएका व्यक्तिहरु इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ । यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।
कुम्भ राशि: कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।
मकर राशि: यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् ।