शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

रोनाल्डोलाई झड्का दिने गरि इटालीले घोषणा गर्यो नयाँ टिम, को-को परे ?


  • बुधबार, चैत्र ९ २०७८
9.1K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफमा पोर्चुगल, इटाली, नर्थ म्यासेडोनिया र टर्की एकै समूहमा छन् । यी टोलीहरुमध्ये एक टोलीले मात्र विश्वकपमा स्थान पक्का गर्नेछ। कतारको टिकट पक्का गर्न टोलीले लगातार २ खेलमा जित निकाल्नु पर्नेछ।

प्ले अफको सेमिफइानल खेलमा इटालीले उत्तर म्यासेडोनियाको सामना गर्नेछ भने पोर्चुगलले टर्कीसँग खेल्नेछ। यी दुई खेलबाट जित निकालेकाे खण्डमा स्टार खेलाडी क्रिटियानो राेनाल्डाेकाे राष्ट्रिय टिम पाेर्चुगल र इटाली दुई टोलीले फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन्।

इटाली र नर्थ म्यासेडोनिया तथा पोर्चुगल र टर्कीबीचको खेल नेपाली समयअनुसार बिहीबार राति (शुक्रबार बिहान) १ः३० बजे शुरु हुनेछ। इटालीले विश्वकपमा स्थान बनाउन बलियो टोली बनाएको छ । विश्वकप छनोट खेल्ने टोलीको गोलकिपरमा ४ जना छन्। अलेसियो क्राग्नो, गिएन्लुइगी डोन्नारुम्मा, पिएरलुइगी गोलिनी र साल्भाटोर सिरिगुलाई गोलरक्षकका रुपमा राखिएको छ। डिफेन्डरमा फ्रान्सेस्को एसर्बी, अलेसान्द्रो बास्टोनी, क्रिस्टियानो बिराघी, लेयोनार्दो बोनुस्सी, गियोर्गियो चिइलिनी, गियोभानी डि लोरेन्जो, इमर्सन पाल्मिइरीलयागतका खेलाडी छन्।

त्यस्तै मिडफिल्डरमा निकोलो बरेल्ला, ब्रायन क्रिस्तान्ते, जर्जिन्हो, म्यानुअल लोकातेली, लोरेन्जो पेल्लेग्रिनी, म्यात्तेयो पेसिना, स्टेफानो सेन्सी, सान्द्रो टोनाली, मार्को भेराती रहेका छन् ।

टोलीको फरवार्डमा आन्द्रेय बेलोती, डोमेनिको बेरार्डी, सिरो इमोबाइल, लोरेन्जो इन्सिग्ने, जोएओ पेड्रो, मेटियो पोलिटानो, गिएकोमो रास्पाडोरी, गिएन्लुका स्कामाक्का, माटिय जाक्काग्नी, निकोलो जानिओलो रहेका छन् ।

विश्वकपमा छनोट भएका देश

१. कतार
२. जर्मनी
३. डेनमार्क

४. ब्राजिल
५. फ्रान्स
६. बल्जियम

७. क्रोएशिया
८. स्पेन
९. सर्बिया

१०. इंग्ल्यान्ड
११. स्विटजरल्यान्ड
१२. नेदरल्यान्ड्स

१३. अर्जेन्टिना
१४. इरान
१५. दक्षिण कोरिया


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा