शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेपाललाई पहिलो झटका, ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ५ रनमा आउट


  • सोमबार, चैत्र ७ २०७८
13.7K
SHARES

फाइल तस्विर

युएईसँग खेलिरहेको नेपाललाई पहिलो झटका लागेको छ। नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ५ रनमा आउट भएका हुन्।

ताजा अवस्थामा नेपाल १.२ ओभर खेल्दै ६ रनमा रहेको छ।

युएईले नेपाललाई जितका लागि ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको छ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन जोडेको हो ।

याे पनि पढ्नुहाेस्:

हेवीवेट भिडन्तमा चम्किन सकेनन् रोनाल्डो, च्याम्पियन बन्ने सपना अधुरै बन्यो

म्यान्चेस्टर युनाइटेडका फरवार्ड तथा पोर्चुगल स्टार फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको यस वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधी जित्ने सपना अधुरो बनेको छ । मंगलबार राति भएको एट्लेटिको मड्रिडसंगको हेवीवेट भिडन्तमा पराजय बनेसंगै उपाधी प्राप्त गर्ने सपना अधुरो भएको हो ।

प्रि–क्वाटरफाइनल अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिकोसँग १–० ले पराजित हुन पुग्याे म्याचेस्टर युनाइटेड । समग्रमा २–१ को जित निकाल्दै मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

इंग्ल्याण्डको म्यान्चेस्टरमा दोस्रो लेगको खेलमा एट्लेटिको १–० ले विजयी भएको थियो । एट्लेटिकोका लागि रेनान लोडीले निर्णायक गोल गरे ।

मंगलबार राति भएको अर्को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई १–० ले हराउँदै पोर्चुगलको बेनिफिका पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २–२ गोलको बराबरी भएको अवस्थामा मंगलबार रातिको जितसँगै बेनिफिकाले खेल ३–२ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

च्याम्पियन्स लिग फुटबलमा प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज बुधबार राति हुनेछ । आज फ्रान्सको लिल र इंग्ल्याण्डको चेल्सी भिड्दा इटालीको युभेन्टसले स्पेनको भियारियालसँग खेल्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा