एजेन्सी । युइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड र एथ्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ। सो खेल नेपाली समयअनुसार मंगलबार राति (बुधबार बिहान) १ः४५ बजे शुरु हुनेछ।
अन्तिम १६ को पहिलो लेगमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। सो खेलमा एथ्लेटिको मड्रिडका लागि जोएओ फेलिक्सले गोल गरेका थिए भने युनाइटेडका लागि एन्थोनी इलान्गाले गोल गरेका थिए। दोस्रो लिग दुबै टोलीका लागि क्वाटरफाइनल प्रवेशका लागि निर्णायक रहनेछ।
हालसम्म यी दुई टोलीबीच ३ खेलमा मात्र प्रतिस्पर्धा भएको छ। ३ मध्ये एथ्लेटिको मड्रिडले १ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएको छ। यो खेलमा जित निकाल्दै दुबै टोली क्वाटरफाइनल पुग्ने दाउमा रहेका छन् ।
स्ट्याण्डर्ड डट सिओ डट युकेको अनुमान
म्यानचेस्टर युनाइटेड २–१ एथ्लेटिको मड्रिड
सीबीएस स्पोर्ट्सको स्कोर अनुमान
म्यानचेस्टर युनाइटेड १–१ एथ्लेटिको मड्रिड
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।