शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट : युएईले टस जितेर ब्याटिङ रोज्यो


  • मंगलबार, फाल्गुन १० २०७८
8.7K
SHARES

फाइल तस्विर

आईसीसी विश्वकप टी–ट्वान्टी ग्लोबल छनोटको सेमिफाइनल खेलमा युएईले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस ओमानले पहिला ब्याटिङ गर्न लागेको हो । नेपालले कुशल मल्ललाई बेन्चमा बसाएर विवेक यादवलाई भित्र्याएकाे छ ।

बाँकी टीम साेमबारकै रहने कप्तान सन्दीप लामिछानले जानकारी दिए ।

नेपाल ओमान, फिलिपिन्स र क्यानडालाई पराजित गरेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा युएई समूह ‘ए’ को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

हेड टु हेडमा हेर्ने हो भने यसअघि भएका चार खेलमा दुई खेल नेपालले र दुई खेल युएईले जितेका छन् ।

आजको खेलको विजेताले अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपमा खेल्न पाउने भएकाले पनि दुवै टीमका लागि आजको खेल गर वा मरको अवस्थामा रहनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा