शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित


  • सोमबार, फाल्गुन ९ २०७८
10.1K
SHARES

फाइल तस्विर

पिइरे–इमेरिक औबमेयाङले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि ४–१ को विजय हासिल गरेको छ । जितसँगै बार्सिलोना पुनः शीर्ष चारमा उक्लिएको छ ।

औबमेयाङ यही जनवरीमा प्रिमियर लिगको क्लब आर्सनलबाट फ्रि ट्रान्सफरमा बार्सिलोना आएका थिए । बार्सिलोना आएपछि औबमेयाङले गोल गरेको यो पहिलो हो । त्यस्तै आर्सनलमा लय भेट्टाउन संघर्ष गरेका औबमेयाङले चार महिनापछि क्लब फुटबलमा गोल गरेका हुन् ।

भ्रमणकारी बार्सिलोनाले २३औं मिनेटमा औबमेयाङको गोलबाट अग्रता लिएको हो । ३२औं मिनेटमा फ्रांक डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाए । ३८औं मिनेटमा औबमेयाङले तेस्रो गोल थपे । घरेलु टोली भ्यालेन्सियाका कार्लोस सोलेरले ४१औं मिनेटमा गोल गरेका थिए । तर, भिडियो सहायक रेफ्रीले उक्त गोललाई मान्यता दिएन ।

५२औं मिनेटमा सोलेरनै गरेको गोलबाट भ्यालेन्सियाले पुनरागमनको प्रयास गर्यो । तर, ६३औं मिनेटमा औबमेयाङले ह्याट्रिक गरेपछि बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक पक्का गर्यो । सुरुमा उक्त गोल १९ वर्षे मिडफिल्डर पेड्रीको नाममा दिइएको थियो । तर, पछि औबमेयाङकै नाममा दिइयो ।

‘‘बार्सिलोना आएदेखी औबमेयाङ कडा परिश्रम गरेका छन् । हामीलाई थाहा छ उनले जारी सिजन धेरै समय मैदानमा विताएका छ्रैनन् । तर, उनी राम्रो खेलाडी हुन् । उनी फ्रि ट्रान्सफरमा यहाँ आए । जुन हाम्रो लागि सकरात्मक हो,’’ बार्सिलोनाका कप्तान सर्जियो बुस्केटले औबमेयाङबारे भने ।

जितसँगै २४ खेलबाट ४२ अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । जुन तेस्रो स्थानको रियाल बेटिसभन्दा चार अंकले कम हो भने पाँचौं स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी हो । तथापि, बार्सिलोनाले एक खेल कम खेलेको छ । लिगमा पछिल्लो सात खेलमा जितबिहीन बनेको भ्यालेन्सिया ३० अंकका साथ १३औं स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा