साविक विजेता एट्लेटिको मड्रिड बुधबार राती स्पेनिस ला लिगामा पुछारको टिम लेभान्टेसँग घरेलु मैदानमै १–० ले पराजित भएको छ । यससँगै एट्लेटिकोले ला लिगाको शीर्ष चारमा उक्लने मौका गुमाएको छ ।
लेभान्टेले जारी सिजन लिगमा एक खेलमात्र जित्न सफल भएको थियो । तर एट्लेटिकोले लेभान्टेसँग निरिह बन्यो । हारपछि २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाँचौं स्थानमा छ । जुन चौथो स्थानको बार्सिलोनासँग अंक बराबरी हो । तथापी बार्सिलोनाले एक खेल कम खेलेको छ ।
एट्लेटिको छैटौं स्थानको रियाल सोसिडाडभन्दा एक अंकले मात्र माथि छ । रियाल सोसिडाडले पनि एक खेल कम खेलेको छ । लेभान्टे भने १४ अंकका साथ पुछारमा यथावत छ । एट्लेटिको शीर्ष स्थानको रियाल मड्रिडभन्दा १५ अंकले पछाडि परिसकेको छ ।
‘‘हामीले खराब प्रदर्शन गर्यौं । र लिगको राम्रो स्थानमा पुग्ने राम्रो अवसर खेर फाल्यौं,’’ एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले भने, ‘‘अब हामीले दोब्बर मिहिनेत गर्नुपर्छ ।’’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।