शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

सोचकोभन्दा उत्कृष्ट नतिजा आएकोमा सन्तुष्ट छुः प्रशिक्षक अल्मुताइरी


  • बुधबार, माघ १९ २०७८
7.9K
SHARES

Head coach of Nepali National Team, Abdullah Almutairi. (File photo)

नेपाली राष्ट्रिय  फुटबल टोलिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मोरिससबिरुद्धको दुईवटा मैत्रीपूर्ण खेलमा आफूले सोचको भन्दा फरक नतिजा पाएकोमा सन्तुष्ट रहेको बताएका छन् ।

मंगलबार दशरथ रंगशालामा सम्पन्न मोरिससबिरुद्धको दोश्रो मैत्रीपूर्ण खेलमा नेपाल १–० गोल अन्तरले विजयी भएपछि अल्मुताइरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपालको जितमा सुजल श्रेष्ठले गोल गरेका थिए ।

खेलपछिको प्रस कन्फरेन्समा बोल्दै अल्मुताइरीले मैत्रीपूर्ण खेलअघि आफूले दुबै खेल जित्ने आश नगरेको बताए । उनले दुईमध्ये एक खेलमा मात्र जित निकाल्ने आश गरेपनि खेलाडीहरुको प्रदर्शनका कारण शत प्रतिशत जित निकाल्न सकेको बताए ।

अल्मुताइरीले भने,‘मेरो योजना अनुसार सत्य बोल्ने हो भने दुबै खेल जित्ने आश गरेको थिइन । मेलै साचेको थिए हामीले एक खेल जित्छौ र एक बराबर अथवा हारको सामना गर्छाे । तर जे नतिजा आएको छ,त्यो  सोचेको भन्दा उत्कृष्ट हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा