विश्वकै सबैभन्दा महंगो क्रिकेट लिग इन्डियन प्रिमियर लिग ((आईपीएल २०२२)को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश भएका छन् ।
नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको हो ।
सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ । उनी सूचीको ९४औं क्रममा रहेका छन् । अघिल्लो सिजनमा आइपिएलका कुनै टिममा आबद्ध नभएका सन्दीप त्यसअघि तीन सिजन दिल्ली क्यापिटल्समा आवद्ध भएका थिए ।
फेब्रुअरी १२ र १३ मा हुने अक्सनका लागि ५ सय ९० क्रिकेटरको नाम समावेश गरिएको छ । जसमा २ सय २८ क्याप्ड, ३ सय ५५ अनक्याप्ड र ७ जना एसोसिएट देशका खेलाडी छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।