शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

हृदयघात भएर मैदानमै ढलेका एरिक्सन प्रिमियर लिगमा फर्किए


  • सोमबार, माघ १७ २०७८
10.4K
SHARES

फाइल तस्विर

गत वर्ष भएको युरोकप फुटबल अन्तर्गत हृदयघात भएर मैदानमै ढलेका डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन प्रिमियर लिगमा फर्किएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले मिडफिल्डर एरिक्सन यस सिजनको बाँकी अवधिका लागि अनुबन्ध गरेको छ ।

दुई वर्षपछि प्रिमियर लिगमा फर्केका २९ वर्षीय एरिक्सनलाई ब्रेन्टफोर्डले ६ महिनाका लागि अनुबन्ध गरेको हो । ‘हामीले विश्व स्तरीय खेलाडीलाई ब्रेन्टफोर्डमा ल्याउने अविश्वसनीय अवसर लिएका छौं,’ ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रान्कले भने ।

यसअघि प्रिमियर लिग क्लब टोटनहमबाट खेलेका एरिक्सन २०२० मा इटालियन क्लब इन्टर मिलान गएका थिए । तर, युरोकप दौरान फिनल्याण्डविरुद्धको खेलमा हृदयघातपछि एरिक्सनले फुटबल खेलेका छैनन् ।

त्यसपछि इन्टरसँग पनि उनको सम्झौता रद्द गरेका थिए । हृदयघात भएपछि उनले मुटुमा इम्प्लान्टेड कार्डियोभेर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ । जसका कारण इटालीमा उनले फुटबल खेल्न नपाउने भएका कारण इन्टर मिलानले एरिक्सनलाई रिलिज गरेको थियो ।

केही दिनअघि एरिक्सनले डच क्लब आयाक्सको रिजर्भ टिमसँग प्रशिक्षण गरिरहेका थिए । एरिक्सनले इन्टरका लागि २६ खेल खेलेका थिए । इन्टरले ११ वर्षपछि सिरी ए को उपाधि जित्दा एरिक्सन पनि सदस्य थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा