स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ । फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।
मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो । यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो ।
विश्वव्यापी फैलिएको कोरोनाले खेलाडि हरुलार्ई समेत प्रभावित पार्दै आएको छ । कोरोना नयाँ भेरियन्टले अहिले विश्व चिन्तित बन्दै गएको अवस्था छ । कोरोनाको खोप लाए पनि कोरोनाको खतरा कम भएको छैन । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न भनिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।