शनिबार, साउन ३० २०८३
ताजा अपडेट

युनाइटेडले आर्सनललाई हरायो, रोनाल्डोले पूरा गरे ८०० गोल !


  • शुक्रबार, मंसिर १७ २०७८
10.4K
SHARES

फाइल तस्विर

युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल गरेपछि युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो । यो जित सँगै रोनाल्डोले आफ्नो करियरमा आठ सय गोल पुरा गरेका छन् ।

रोनाल्डोले ५२औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाउँदै ८ सयौँ गोल पूरा गरेका थिए ।

त्यसअघि खेलको १३औं मिनेटमा इमिल स्मिथले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर ४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाइटेडका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ५२औं मिनेटमा अग्रता दिलाएपनि ५४औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो ।

तर ७०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेड ३-२ ले विजयी भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा