भिल्लारियाललाई हराउँदै म्यान्चेस्टर युनाईटेड च्याम्पियन्स् लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।
सेरिमिका स्टेडियममा मंगलबार राति सम्पन्न च्याम्पियन्स् लिग अन्तर्गत समूह एफ को खेलमा म्यान युले घरेलु टोलि भिल्ला रियालमाथि २–० गोल अन्तरको जित निकाल्दै अन्तिम १६ चरणमा पुगेको हो ।
म्यान युको जितमा क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरे । खेलको पहिलो हाफमा म्यान युका गोलकिपर डि हाएले घरेलु टोलि भिल्लाको तीन उत्कृष्ट बचाउँ गरेका थिए ।
त्यसपछि दोश्रो हाफमा रोनाल्डोले गोल गर्दै म्यान युलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम मिनटमा ब्रुनो फर्नान्डेसको पासमा सान्चोले गोल गर्दै म्यान युलाई २–० गोल अन्तरको जित दिलाए ।
जित लगतै म्यान यु का अन्तरिम प्रशिक्षकको भुमिकामा रहेका माइकल कारिकले पूर्व प्रशिक्षक ओले गनार सोल्साएरलाई जितको श्रय समर्पण गरे ।
म्यान युको ५ खेलमा १० अंक छ भने भिल्लाको समान खेलमा ७ अंक छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।