नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन क्लब माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन क्लबबाट खेल्ने भएका छन् ।
माल्दिभ्सको शीर्ष डिभिजन लिग खेल्नका लागि किरण शुक्रबार त्यसतर्फ प्रस्थान गरेको थिए । माल्दिभ्स पुगेसँगै उनले शनिबार क्लबसँग एक सिजनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सबाट खेलका किरणले लिग उपाधिसँगै उत्कृष्ट गोलरक्षकको उपाधि समेत जितेका थियो ।
यस्तै केहि समयअघि भारतको राउन्डग्लास पन्जाबको कप्तानी गरेका किरणले त्यसअघि मिनेर्भा पन्जाबबाट आइलिग जितेका थिए । उनले त्यहाँ पनि उनी त्यहाँ पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए ।
किरणकै कप्तानीमा नेपालले गत महिना माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो ।
इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल भारतसँग ३-० ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।