स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे । खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।
जितसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
जितसँगै बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।