म्यानेस्टर युनाइटेडका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रतिसाता ५ लाख ५० हजार पाउण्ड तलब बुझ्ने गरेका छन्।
बेलायती मिडियाका अनुसार रोनाल्डो ओल्ड ट्रायफोर्ड आएयता युभेन्टसको तुलनामा २५ प्रतिशत बढी अर्थात प्रतिसाता ५ लाख ५० हजार पाउन्ड तलब बुझ्छन्।
इंग्लिस प्रिमियर लिगमै सबैभन्दा बढी तलब बुझ्ने रोनाल्डो १२ वर्षपछि पुनःम्यान्चेष्टर फर्किएका हुन्।
म्यानचेस्टरले यो सिजन रोनाल्डोसँगै अरू तीन खेलाडीलाई पनि अनुबन्ध गरेको छ। राफेल भराने, जाडोन सान्चो र टिम हिटनलाई म्यान्चेष्टरले यो साता टिममा भित्र्याएको हो।
यो सँगै म्यानचेस्टरको खर्चसमेत बढेको छ।
म्यान्चेष्टरले तीन महिनामा खेलाडीको तलबमा मात्र ८ करोड ८५ लाख पाउण्ड खर्च गर्ने गरेको छ। यो खर्च विगतको तुलनामा १ करोड ६६ लाख पाउन्डले बढी हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।